नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल चयन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मणि कुमार अर्ज्याल चयन भएका छन् । जेठ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अर्ज्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उनी गत जेठ ५ गते सम्पन्न भएको संस्थाको १८ औं वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक निर्वाचित भएका थिए । उनी संस्थापक […]

हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज मिति तय

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ […]

नागढुङ्गा-नौबिसे सडक दिउँसो साढे चार घण्टा बन्द गरिने

काठमाडौं । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए […]

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएर राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय पुगेका पौडेलले पदभार ग्रहण गरेका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको हो । साथै, पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । बुधबार […]

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने प्रतिबद्दता

काठमाडौं ।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  भेटेका छन्  । आज बिहान अर्थ मन्त्रालय पुगेर नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्  । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने […]

गभर्नर पौडेलले लिए प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सम्माननीय प्रधान न्यायाधीस  प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । हिजो बसेको मन्त्री परिषद् बैठकले उनलाई नेपाल राष्ट्र बैङ्कको १८औं गभर्नरमा नियुक्त गरेको थियो । यस अघि नेपाल राष्ट्र बैङ्कको गभर्नर सिफारिस समितिमा  पौडेल स्वयं समितिका सदस्य रहेका थिए। तर, प्रमुख राजनीतिक […]

बैङ्किङ प्रणालीमा अधिक तरलता ५० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा  अधिक तरलता भए पछि राष्ट्र बैंकले आज जेठ ७ गते ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन […]

आज लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ नहुने, इजलास बसेन

काठमाडौं ।  मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको निवेदनमाथि सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । तर बुधबार संवैधानिक इजलास तोकिएकोमा उक्त इजलासमा न्यायाधीश सुवेदी परेका छन् । […]

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको पहिलो प्राथमिकता मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो प्रमुख प्राथमिकता नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने रहेको बताएका छन्। पौडेलले नियमनको तुलनामा सुपरिवेक्षण पक्षमा विशेष ध्यान दिने बताएका छन्। गभर्नर पौडेलले अर्थशास्त्रमा विविध विशेषज्ञता हुने भए पनि त्यसको आधार समान हुने उल्लेख गर्दै आफूले माइक्रोफाइनान्समा अध्ययन गरेको र वाणिज्य बैंकको सञ्चालक सदस्यको […]

पाँच हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । बुधबार सुन प्रति तोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो । आज चाँदीको मूल्य ५० रुपैयाँले […]