आज लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ नहुने, इजलास बसेन

काठमाडौं ।  मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको निवेदनमाथि सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । तर बुधबार संवैधानिक इजलास तोकिएकोमा उक्त इजलासमा न्यायाधीश सुवेदी परेका छन् । […]

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको पहिलो प्राथमिकता मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो प्रमुख प्राथमिकता नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने रहेको बताएका छन्। पौडेलले नियमनको तुलनामा सुपरिवेक्षण पक्षमा विशेष ध्यान दिने बताएका छन्। गभर्नर पौडेलले अर्थशास्त्रमा विविध विशेषज्ञता हुने भए पनि त्यसको आधार समान हुने उल्लेख गर्दै आफूले माइक्रोफाइनान्समा अध्ययन गरेको र वाणिज्य बैंकको सञ्चालक सदस्यको […]

पाँच हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । बुधबार सुन प्रति तोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो । आज चाँदीको मूल्य ५० रुपैयाँले […]

एनएमबि बैंकद्वारा एक्यान सदस्यहरु लक्षित विशेष वित्तीय सेवाहरु घोषणा

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने […]

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

काठमाडौं । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्शाउँछ । […]

कामना सेवा विकास बैंकद्वारा श्री राष्ट्रिय आधारभूत विद्यालय चितवनमा पोशाक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत खद्रौली, चितवनस्थित रहेको उक्त विद्यालयका […]

उद्योग मन्त्रालयको आगामी बजेट ८ अर्ब २५ करोड आसपास, पुराना अधुरा कार्यक्रमलाई प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ अर्ब २५ करोड रुपैयाँको सीमाभित्र रहेर बजेट तथा कार्यक्रम तयार गर्ने भएको छ। राष्ट्रिय योजना आयोगले तोकेको बजेट सीमा अनुसार मन्त्रालयले चालु र पूँजीगत दुवै खर्च मिलाएर कार्यक्रम तयार गर्ने तयारी गरेको हो। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार चालुतर्फ ५ अर्ब […]

आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद अन्तर्गत आज पाँच समितिको बैठक बस्दैछ । आज संघिय संसदको प्रतिनीतिसभा अन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्थ तथा सुचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ भने राष्ट्रिय  सभा अन्तर्गत संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । आजको अर्थ […]

लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । उक्त निवेदनसँग लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी पीडितको तर्फबाट जाहेरी दिने ४४ जनाविरुद्ध दायर रिटमाथि पनि मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गरेका […]

हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख २७ हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ३ लाख २७ हजार १०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु ज्योति कुमार बेगानीले आफ्नो नाममा दर्ता कायम रहेको १,४३,६९७ कित्ता र सोको पछि प्राप्त हुन आउने १४ प्रतिशत बोनश बापतको २०११७.५८ कित्ता तथा चन्दा कुमारी बेगानीले आफ्नो नाममा दर्ता कायम रहेको १,४३,२४० कित्ता र […]