निजी विद्यालयका विद्यार्थीबाट उठ्ने शुल्क दलित विद्यार्थीको पोषण भत्तामा खर्च हुने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट उठाइने अतिरिक्त शुल्क दलित विद्यार्थीको पोषण भत्तामा खर्च गरिने बताएका छन्। आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले तिर्ने २ देखि ३ हजार रुपैयाँ शुल्कमा थप करिब ६० रुपैयाँ मात्र योगदान गर्नुपर्ने बताए […]

