छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान […]

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित दुई र एक कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले दैलेखको गुराँस गाउँपालिकास्थित कर्णाली नदी र लोहरेखोला क्षेत्र, तल्लो डुङ्गेश्‍वरबाट गिट्टी, बालुवा, ढुङ्गा र ग्राभेल उत्खनन, सङ्कलन तथा बिक्री वितरणको ठेक्‍का सम्झौता गर्दा बैंक ग्यारेण्टी नलिई सम्झौता […]

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ। उक्त घवित्तीय साक्षरता कथा संग्रहग बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरताकेवल सूचना होइन, व्यवहार परिवर्तन […]

नयाँ वर्ष लक्षित महालक्ष्मी विकास बैंकका आकर्षक योजना सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अनुरूप ग्राहककेन्द्रित कार्यक्रम ल्याएको जनाएको छ । बैंकका अनुसार मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक […]

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालभित्र यात्रा गर्दा १५५ वा अधिकतम रु […]

उपसभामुखले गरिन पदभार ग्रहण

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् । गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । रास्वपाको समर्थन […]

बालेनलाई राष्ट्रसंघ महासचिवको बधाई: इमान्दारीसाथ काम गर्न सुझाव

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीका रूपमा शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले ८ अप्रिलमा एक पत्रमार्फत नेपाल र राष्ट्रसंघबीचको लामो र अटुट साझेदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्। उनले […]

गरिबको भोट, धनीको शासन : सुदन किराती

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर नेता सुदन किरातीले व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमा ‘गरिबको भोटमाथि धनीको शासन’ शीर्षक दिँदै उनले मन्त्रीहरूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोतमाथि प्रश्न उठाएका हुन्। किरातीले स्वदेशमा कमाउने अवसर नभएर लाखौँ युवा विदेश पलायन भइरहेको बेला केही व्यक्तिले नेपालमै कसरी यति धेरै सम्पत्ति थुपारे भन्नेमा आश्चर्य प्रकट गरे। […]

भृकुटीमण्डपमा भाडा नतिर्ने सङ्घ संस्थामा तालाबन्दी

काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गत पर्ने भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो । आइतबार २० वटा सङ्घ संस्थाका कार्यालयमा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् । रिपोर्टस क्लबदेखि अन्य विभिन्न सङ्घ संस्था ताला […]

सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।