दराज एक्सप्रेसद्वारा नन–प्ल्याटफर्म ब्रान्ड तथा बिक्रेताहरुलाई सशक्त बनाउने उद्देश्यले ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक

काठमाडौं ।  दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो। यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, […]

नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुनः मार्टिन गुप्टिल

काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि न्युजिल्याण्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ । गुप्टिल आधुनिक क्रिकेटका सबैभन्दा परिचित नामहरूमध्ये एक हो, जो इनिंगको शिर्षमा आफ्नो विष्फोटक ब्याटिंग र सीमित ढाँचामा प्रभुत्व जमाउने क्षमताको लागि परिचित छन् । गुप्टिलको लामो र सफल करियरमा उनी आईसीसी […]

सिद्धार्थ बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३६७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ३४९.५२ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको सेयर कारोबार खुला हुनेछ ।

११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सरकारले गरेको ११ राजदूत फिर्ता बोलाउने निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न संयुक्त आदेश जारी गरेका हुन् ।सरकारले गत असोज ३० मा विभिन्न ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतले गत कात्तिक […]

हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो । आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि […]

वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् । पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन […]

अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति

क्वालालम्पुर । संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । । उनले भने, […]

आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १२ गते, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा मिति घोषणा गरेको छ  । सभा मंसिर १२ गते बुटवलमा हुनेछ । उक्त सभामा संस्थाले ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ,  कात्तिक २४ गतेसम्म कायम सेयरधनी […]

भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

हनोई । यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) […]

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ। सम्पदा क्षेत्र खालि गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो। महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएपनि प्रभाग नभत्काइने महानगरपालिका वडा न.११ […]