व्यापार, लगानी प्रवर्दधनका लागि जीटुजी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्दधनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन्। सोमबार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि […]

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लि. ले आज मिति २०८१ जेष्ठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा […]

१० महिनामा पौने १२ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा नेपालको व्यापार घाटा पौने १२ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको देखिएको हो। गत आवको सोही अवधिको तुलनमा भने व्यापार घाटा केहीले घटेको देखिएको छ। […]

नेप्सेमा फेरि दोहोरो अंकको वृद्धिदर, २७.५४ अंकले बढ्दा ६ अर्ब कारोबार

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार सेयर कारोबार नेप्से परिसूचक २७.५४ अंकले बढेर २ हजार ९२ अंकमा पुगेर बन्द भएको छ । आइतबार पनि सेयर बजार ४५. ६९ अंकले बढेर बन्द भएको थियो । आइतबार र सोमबार सेयर बजार बढे सँगै लगानीकर्तालाई राहात मिलेको छ । सोमबार […]

मिथिला लघुवित्त वित्तीयको सञ्चालक आचार्यको राजिनामा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक मन्दिरा आचार्यले राजिनामा दिएकी छन्। वित्तीय संस्थाको सञ्चालक समितिमा सर्व साधारण शेयरधनी (समुह ‘ख’) को तर्फबाट प्रतिनिधित्व गर्ने आचार्यले राजिनामा दिएकी हुन्। वित्तीय सञ्चालकको सञ्चालक समितिको जेठ ६ गतेको २५४ बैठकले उनको स्वीकृत राजिनामा गरेको हो। उनको राजिनामा जेठ ६ गतेदेखि लागुहुने गरी स्वीकृत गरिएको हो।

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई १५७ सांसदको साथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत प्राप्त गरेका  छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको वेल घेराउ र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत प्रापत गरका हुन् । प्रधानमन्त्रीले बिस्वासको मत लिने मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत परेको थियो  । नेकपा माओवादी […]

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न, ३० हजारभन्दा बढी बिक्री

काठमाडौं । सिजी मोटोकर्प तथा सिजी नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ । जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न गरिएको कम्पनीले बताएको छ । सिजी मोटोकर्प तथा सिजी नेस्क्टजेन नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ […]

अब यी पाँच मध्ये एक राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ भएको छ। बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले जेठ ६ गतेको सीईओ पदमा दरखास्त दिएका उम्मेदरवारहरु मध्येको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने अन्तिम पाँच जना छनोट गरेको हो। राजनीतिक दलको सदस्य नभएको, बैंकसँग […]

सुनको मुल्यमा नयाँ इतिहास कायम

काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार १६ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम गरेको सुनको मुल्यले सोमबार पनि रेकर्ड बनाएको हो । सोमबार सुनको मुल्य १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मुल्य १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने भएका  छन् । एउटा सत्ताधारी दल विभाजित भई सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले उनले  विश्वासको मत लिन लागेका हुन् । यसअघि फागुन ३० गते विश्वासको मत लिँदा प्रचण्डलाई १ सय ५७ सांसदले प्रधानमन्त्रीमा समर्थन थियो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी […]