खराब मौसमको कारण तीन विमानस्थलमा उडान स्थगित

काठमाडौं । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ । भोलिदेखि देशका अधिकांश भूभागमा मौसम खुल्दै […]

पेट्रोलको मूल्य यथावत, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राखेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले कात्तिक १५ गते देखि लागु हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो । त्यस्तै हवाइ इन्धनको आन्तकिर तर्फ लिटरमा १ रुपैयाँ र अन्तराष्ट्रियतर्फ अमेरिकी डलर ७ ले बढेको निगमले जनाएको छ ।

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर। निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्‍याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्‍याएको पौवादुङ–२ का किसान राजन ढकालले बताए । धान […]

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिइने

पर्वत । किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पुर्याएकाे अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले […]

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी […]

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू […]

राष्ट्रपति ट्रम्पको आणविक परीक्षण आदेशले विश्वव्यापी तनाव चर्कायो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गरेपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ । यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व सुरक्षाको सन्तुलनमा गम्भीर असर पार्ने आशङ्का गरिएको छ । आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ भएको दाबी गर्दै आएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट सुविधा

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट प्राप्त हुने भएको छ। यस सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको छ। योसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, साधारण शय्या शुल्कमा […]

सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन् । कर्मचारीको हकहितको लागि अदालत नगएको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका बोर्डका कर्मचारीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका हुन् । जेनजी आन्दोलनपछि अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१, र नेपाल धितोपत्र […]

नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ऋणात्मक

काठमाडौं । नेपाल सरकारको सञ्चित कोष १ खर्ब  ९६ अर्ब ३४ करोड रुपैयाँले ऋणात्मक छ । साथै, आव २०८१-८२ मा सरकारको नगद अवस्था ३१ अर्ब ३४ करोड देखिएको छ । यद्दपि, विभिन्न कोषहरुको मौज्दात एवम् एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख घनात्मक छ । महालेखा […]