अपि पावरको अर्को माइलस्टोन : सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाबाट व्यवसायिक उत्पादन सुरु

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गतेदेखि […]

रिलायबल समृद्धि योजनाले कमायो १ करोड २१ लाख नाफा, न्याभ कति ?

काठमाडौं । रिलायबल समृद्धि योजनाले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । गत असारमा फन्डले ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १०.३८ रुपैयाँ रहेको छ । अघिल्लो महिना न्याभ १०.२८ रुपैयाँ थियो । योजनाले सूचीकृत कम्पनीको सेयरमा ६९ करोड ७३ […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट (बागलुङ) । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ । कालाखोला छेत्रमा यस अघि […]

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा […]

बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी नयाँ नियम, कुन खर्च सामाजिक उत्तरदायित्व हुन्छ ? कुन हुँदैन ?

काठमाडौं । नेपाल राष्ट्र बैङकले  बैङ्क तथा बित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि मार्ग दर्शन २०८१ संशोधन गरेको छ । संशोधित मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वका मूल्य, मान्यता, मर्म र अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप मुलुक र समाजप्रतिको दायित्व निर्वाह गर्दै गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने भएको छ […]

बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्तिकाे लागि आवेदन माग

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष  नियुक्तिको लागि गठित सिफारिस समितिले  अध्यक्षकाे लागि  आवेदन माग गरेकाे छ  । बीमा समितिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपश्चात मन्त्रिपरषद बैठकले बीमा समितिकाे अध्यक्ष छनाैटकाे लागि  याेजना  आयाेगका उपाध्क्षकाे संयाेजकत्वमा ती सदस्यीय  सिफारिस समिति गठन गरेकाे थियाे । उक्त  सिफारिस समितिले  अध्यक्ष नियुक्तिको लागि  जारी गरेको  सुचना […]

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेकाे छ । शुक्रबार  बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित ४ प्रतिशत नगद  र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई लाभांश वितरण गर्नेछ […]

यस वर्षपनि काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि काउन्टरसाइक्लिक बफर (Countercyclical Capital Buffer) शून्य प्रतिशत कायम गरेको छ । “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । काउन्टरसाइक्लिक बफरको उद्देश्य वित्तीय प्रणालीलाई स्थिर राख्नु र आर्थिक उतार-चढावको समयमा बैंकहरूको […]

आइएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा छुट पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  यस सम्झौता अनुसार इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने विषयमा पनि सम्झौता भएको छ । सम्पर्क व्यक्तिको सम्पूर्ण जानकारी  कम्पनीको अधिकारिक बेवसाइटमा : https://imelifeinsurance.com/press-release/ मा […]

अफगानिस्तानमा स्वास्थ्य सङ्कट: २ करोड २० लाखलाई तत्काल सहयोग आवश्यक

काबुल ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । यहाँ दुई करोड २० लाख मानिसलाई तत्काल सहायता आवश्यक छ । डब्लुएचओका अनुसार आर्थिक अभावले क्लिनिकहरू बन्द भएका छन् र सामूहिक शरणार्थी फिर्तीले पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई डुबाउने खतरा सिर्जना गरेको छ । अफगानिस्तानका चार करोड ६० […]