वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सोलु हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन आज 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १० गते) अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको […]

निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक प्रक्रियालाई लिएर फैलिएको भ्रम अन्त्य हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक प्रक्रियालाई लिएर फैलिएको भ्रम अन्त्य हुनुपर्ने बताएका छन् । उनले भनेका छन्  नेकपा एमाले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात् गर्ने दल भएकाले नियमित रूपमा दल दर्ता तथा अद्यावधिकको प्रक्रिया पूरा गर्दै आएको उनले स्पष्ट पारेका छन्  । नेकपा एमालेले आज प्रतिनिधि सभा […]

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन्  ।  “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नारा सहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरुले […]

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको अविरतिर हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ […]

शिव श्री हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको लिलाम सेयर बाँडफाँड गरिएको छ । कम्पनीको कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बिक्रीमा […]

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैन । आजको खेलमा अपराजित रहेको विराटनगर किङ्स र चितवन राइनोज खेल्दैछन् ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको तीन वटै खेलमा अपराजित रहँदै तालिकाको दोस्रो स्थानमा […]

शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता […]

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यस अनुसार नेप्सेमा आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । एनआरएनले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]