डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस आईपीओ ल्याउने तयारीमा

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई […]

सटिजन्स बैंकद्वारा श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषााको जनकपुरधाम गाउँपालिका ४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग प्रदान गरेकोे छ । यस विद्यालयमा करिब एक हजार बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो । […]

ग्राहकवर्गले रुचाउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको “शुभलक्ष्मी जीवन बीमा“ योजना

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो । बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो उत्कृष्ट योजना हो । सामान्य स्तरको आय आर्जन र तुलनात्मक रूपमा अधिक जोखिम हुने खालका पेशा अपनाएका व्यक्तिहरूका लागि […]

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) मा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले बहसमा उठाएका  जिज्ञासाको जवाफ दिने कार्यसुची रहेको छ  । प्रतिनिधिसभाको बैठक आज बिहान ११.०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने […]

‘सगरमाथा संवाद’ सुरु हुँदै, १७५ विदेशी पाहुना सहभागी

काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ । […]

बन मन्त्रालयद्वारा बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुने

काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन्  । आजदेखि हुने सगरमाथा संवादमा बिटिआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ । सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत भएको मन्त्री शाहीले जानकारी दिए । बिटिआर […]

यो हप्तामा चार प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार यो साता स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहने देखिन्छ।  साताको शुरुमा बङ्गालको खाडी र अरब सागर बाट भित्रीने जलवाष्पयुक्त तथा साताको मध्य र अन्त्यमा बङ्गालको खाडीबाट भित्रीने जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको रहने देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ […]

यस्तो छ आजको नेपाल राष्ट्र बैङ्कको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ५९ पैसा बिक्रि दर १ सय ३७ रुपैया १९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५२  रुपैया […]

उच्च जोखिमयुक्त बीमकहरूमाथि निगरानी गरिनेछः प्राधिकरण अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उच्च जोखिमयुक्त बीमकहरूमाथि कडा निगरानी गरिने बताएका छन् । प्राधिकरणको ५७ औं वार्षिकउत्सवलाई संवोधन गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् । ‘उच्च जोखिम भएका बीमकहरुमा सुपरिवेक्षकीय निगरानी बढाइने छ,’ अध्यक्ष ओझाले भने। न्यून जोखिम भएका बीमकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अथात् जेठ १ गतेबाट इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आए सँगै नयाँ मूल्य तोकेको […]