संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय […]

नेप्स सूचक ५.१७ अकंले घट्यो

काठमाडौं । बुधबार नेप्स सूचक  ५.१७ अकंले घटेको छ । बजार २५६६.१६ विन्दुमा झरेर बन्द भएको छ । यसदिन ३२१ वटा कम्पानीको ५० हजार ४८७ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ वटा समूह बढेका छन् […]

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले […]

कुमारी बैंक लिमिटेडद्वारा ‘कुमारी’ तृष्णा शाक्य लाई छात्रवृत्ति रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष एक लाख रुपैयाँको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो […]

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (४ हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (५ हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला […]

सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यममा आवद्ध विभिन्न संघ संस्था तथा सरोकारवालासँगको छलफलको क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चार माध्यम भएकाले यसलाई बन्द नगर्ने बताएका हुन्। उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारसँगै सरोकारवाला […]

पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ । बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट आफूहरू अलग […]

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली ।गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी […]

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन रु १ लाख पुग्यो

झापा।अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलँैची  अधिकतम  १ लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी २ गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज १ लाख रुपैयाँ प्रतिमन […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ।