स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक नयाँ शाखा विस्तार

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जाको दुई स्थानमा नयाँ शाखा कार्यालय विस्तार गरी सेवा सुरु गरेको छ । बैंकले वैशाख ३१ गते बुधबार दिन स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् […]

सबैभन्दा धेरै बेरुजु अर्थमन्त्रालयको, अन्यको कति

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा संघीय मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु अर्थमन्त्रालयको देखिएको छ । गत आवमा अर्थमन्त्रालयको बेरुजु ७०.६१ प्रतिशत देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १३.४८ […]

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार बधुबार पनि घटेको हो । बधुबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.२८ अंकले घटेर ४४१.४४ विन्दुमा पुगेर बन्द […]

कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुग्यो

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। महालेखापरीक्षक तोयम रायाले शीतल निवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधानको धारा ४१ बमोजिम कार्य सम्पादन गरी संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन पेस गरिएको बताए । रायाले अन्तर्राष्ट्रिय असल अभ्यासको समेत ख्याल […]

ह्वात्तै बढ्यो अपर तामाकोशीको घाटा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको घाटा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । समिक्षा अवधिमा कम्पनीको घाटा ४८.२० प्रतिशतले बढेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी […]

लाङटाङको क्यान्जिन पदमार्ग नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रहेको लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी  मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न […]

सोल्टी होटलको नाफा १३ प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिको तुलनामा खुद नाफा १३.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो […]

राष्ट्र बैंकद्वारा चैतसम्म करिब पौने २०० सय खर्ब प्रशोचन

काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीमा अधिक तरलता भए सँगै समस्यामा परेको छ । गत वर्षदेखि नै वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा सकश व्योर्होदै आएको राष्ट्र बैंकलाई चालु आर्थिक वर्षमा थप समस्या परेको हो । ब्याजदर घटेर न्युन विन्दुमा आइपुग्दा पनि अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेपछि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेको छ […]

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई ट्वीनअटर विमानहरू लामो समयपछि पुन: नियमित उडानमा आएका छन्। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाइन नाइन एन–एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपमा सञ्चालनमा आइसकेका हुन्। विगत केही समयदेखि ग्राउण्डेड रहेका यी विमानहरू दुर्गम क्षेत्रका यात्रुहरूका लागि समस्याको कारण बनेका थिए। तर, नियामक निकाय तथा विमान […]

दाबी भुक्तानीमा देखिएका कमी कमजोरी शून्यमा झार्नुपर्छः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा […]