नयाँ मन्त्रीहरूको शपथ २ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठपुर्ण रूपमा भत्किएको सो वडाका वडा […]

पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

काठमाडौं । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आइतबार काठमाडौँमा गभर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनः उत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय नयाँ पुस्ताले गरेको आन्दोलन र त्यसले ल्याएको […]

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सबैले किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्इ प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ राखिएको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीदका लागि बैंकका विद्यमान […]

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको […]

सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

काठमाडौं । सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । २०६५ […]

दुर्गा पक्ष सुरुःबडादसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसँैको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी […]

आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर बन्दै

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको थियो । […]

जेनजी आन्दोलनका घटनामा छानबिन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन, तोडफोड र लुटपाटको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। विशेष अदालतका पूर्व अध्यक्ष तथा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगलाई आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको तथ्यगत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको […]