सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्णः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण भएको बताएका छन् । बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताए । उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए । उनले वर्तमान परिस्थितिमा सरकारी […]

आन्तरिक उडान गर्ने हवाई कम्पनीले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : सांसद बस्नेत

काठमाडौं ।नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान गर्ने निजी हवाईजहाज कम्पनीले यात्रुलाई भेडा बाख्रा जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारो बैठकमा शून्य समयमा बोल्दै उनले आधा घण्टाको उडानका लागि ४ घण्टासम्म कुराउने गरेको आरोप लगाए । हवाई जहाजले यात्रुलाई सम्मान नगरेको र यात्रुहरूको समयलाई ख्याल नगरेको आरोप बस्नेतको थियो ।

धितोपत्र बोर्डबाट निफ्राले पायो ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज निफ्रालाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ […]

गभर्नर नियुक्ति गिजोलिँदा राष्ट्रको बदनाम भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनाम भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम […]

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडालाई  काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामका लागि उक्त सडक खण्डमा तत्काल सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि […]

वाणिज्य बैंकहरुले जेठका लागि सामान्य घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले जेठका लागि मुद्दति निक्षेपको ब्याजदार सामान्य घटाएका छन् । वाणिज्य बैंकहरुले जेठका लागि मुद्दति निक्षेपका लागि औसत ५.९४ प्रतिशत ब्याजदर कायम गरेका छन् । वैशाखका लागि मुद्दति निक्षेपका लागि ५.९८ प्रतिशत ब्याजदर कायम गरेको थियो । यो सँगै औसतमा मुद्दति निक्षेपका लागि वाणिज्य बैंकहरुले वैशाखको तुलनामा जेठका लागि ०.०४ प्रतिशतले ब्याजदरमा […]

विश्वकै गरिव राष्ट्रपतिको रुपमा परिचित जोसे मुझिकाको ८९ वर्षको उमेरमा निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे “पेपे” मुझिकाको ८९ वर्षको उमेरमा मे १३, २०२५ मा निधन भएको छ। उनी लामो समयदेखि इसोफेगस (घाँटी) को क्यान्सरबाट पीडित थिए । उनको रोग २०२४ मा पत्ता लागेको थियो र पछि कलेजोमा समेत फैलिएको थियो। जनवरी २०२५ मा मुझिकाले थप उपचार नगर्ने निर्णय गरेका थिए र अन्तिम दिनहरूमा मोन्टेभिडियोस्थित आफ्नै फार्महाउसमा हस्पाइस […]

नेप्सेद्धारा सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ । मंगलबार सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२ अनुरुप उक्त कार्य गर्न निर्देशन दिएको हो । नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, […]

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन् । सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक समेत रहेकी परराष्ट्रमन्त्री डा देउवाले संवादको तयारीका सम्बन्धमा मंगलबार पत्रकार सम्मेलन गरी […]

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]