अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । […]

पूर्व सचिव डा. संगिता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अतिरिक्त पूर्व सचिव डा. संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ । जेनजी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको […]

पाकिस्तान–अफगानिस्तानबीच तात्कालिक युद्धविरामको सहमति

काठमाडौं । पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले यसअघि कायम युद्धविराम तोडेको थियो । गत १ सातादेखि दुई देशबीच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौं सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको […]

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व (CRS) गतिविधिहरूका साथ मनाउँदैछ। स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको […]

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता, वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी.सी.मा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष […]

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उहाँले […]

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन

काठमाडौं ।  गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६  करोड १० लाख रुपैयँा  सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा  ६ करोड १० लाख रुपैयँा सङ्कलन भएको हो […]

मोरोक्कोमा जेन्जी आन्दोलनः शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

मोरोक्का । मोरोक्कोमा हाल जेन्जी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेन्जी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू, विशेषतः डीसकड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर सङ्गठित ढङ्गमा प्रदर्शन गरिरहेका छन् । यी युवाहरूको आक्रोश […]

बैंकहरुले २ महिनामा कमाए १६ अर्ब ५९ करोड नाफा, १० वटाको मुनाफा घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको २ महिना अथार्त, भदौ महिनासम्म समग्रमा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६.१८ प्रतिशत कम हो । गत वर्षको भदौसम्म बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका थिए । खराब कर्जा वृद्धि, कम कर्जा प्रवाह र […]

अध्यक्ष ओलीले आज सम्पादकसँग संवाद गर्दै

काठमाडौं । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर भक्तपुरको गुण्डुमा बस्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्दै छन् । अध्यक्ष ओलीले आज दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा सम्पादकहरूसँग संवाद गर्न लागेका हुन् । गत २४ भदौमा बालुवाटारबाट राजीनामा दिएका ओलीले पहिलोपटक सम्पादकहरूसँग संवाद गर्न लागेका हुन् । […]