महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौं । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । दुई उद्योगको उजुरीमाथि सुनुवाई गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो । ती […]

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध […]

काष्ठकलामा सिपालु भीमबहादुर

बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनः निर्माणमा उनलाई भ्याइनभ्याइ छ । कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष […]

आजको मौसम : कोसी र कर्णाली प्रदेशका केही स्थानमा आंशिक बदली

काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ […]

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौका वापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री प्रदान घोषणा गरेको छ । गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २,६१२ विद्यार्थीहरु लावान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो […]

धार्मिक एवं प्राकृतिक पर्यटनको आकर्षक स्थल फूलबारी डाँडा

काठमाडौं । समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिन्छ । कोञ्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्छ । नगरकोटभन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । यही डाँडाको करिब १०० मिटर तल धार्मिक, […]

सेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए। अर्थमन्त्री खनालका अनुसार घरजग्गा […]

मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उनको भनाइ छ । त्यसका लागि […]

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए । “अहिलेको सरकार […]