सार्वजनिक संस्थान सुधारका लागि ऋणमार्फत कर्मचारीको तलब भुक्तानी बन्द आवश्यक

काठमाडौं । सार्वजनिक संस्थान सुधारका लागि ऋणमार्फत कर्मचारीको तलब/अन्य खर्च भुक्तानी गर्न बन्द गर्नुपर्ने बताइएको छ । सार्वजनिक संस्थान सुधारका लागि सरकारले ऋण परिचालन गरी सञ्चालन गर्न नहुने उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले सुझाव दिएको छ । प्रतिवेदनका अनुसार संस्थान सुधारको क्रममा निश्चित प्रतिफल र कार्यसम्पादन सूचकहरू दिएर सार्वजनिक संस्थानहरूमा क्षमतावान् व्यक्तिहरू नियुक्ति गर्ने […]

आर्थिक सुधारसँगै सो एनपीएल पनि सुधार हुनेः कायमुकायम गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नलिम ढुंगाना तिम्सिनाले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सक्रिय बनाउन हदैसम्मको प्रयास गरिएको बताएकी छिन् । उनका अनुसार, हालको अत्यधिक तरलता, न्यून ब्याजदर र सबल बाह्य क्षेत्र परिसूचकहरूले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ। पछिल्लो सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिका तथ्यांकहरूले पनि आर्थिक गतिविधि विस्तार हुँदै गएको पुष्टि गरेको […]

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ । तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल […]

काठमाडौंमा यामाहाको सवारी साधन एक्सचेन्ज महोत्सव, पुरानो बाइकमा न्यूनतम २५ हजार भ्यालुएसन

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई-पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ। यो अफर २०८२ वैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेछ। यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो। यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन […]

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ। सहकारीले चामल बजारीकरणका लागि शनिबार काठमाडौंमा सेयरसदस्य र सरोकारवालासँग छलफल गरेर आफ्नो उत्पादनबारे जानकारी दिएको हो। अध्यक्ष बमका अनुसार कैलालीको गोदावरी […]

प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने बेलायत भ्रमणका लागि प्रस्थान गरेका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमा राउत सर्वोच्चकै रजिस्ट्रार विमल पौडेलका साथमा प्रस्थान गरेका हुन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहेको छ। प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि […]

शेयर बजार बढ्यो, ३ अंकले नेप्से बढ्दा ३ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार बढेको शेयर बजार आइतबार पनि बढेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.५८ अंकले बढेर २६१.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८१ अंकले बढेर ४४९.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै […]

काठमाडौंमा पर्यो असिना पानी

काठमाडौं । आइतबार काठमाडौंमा असिना पानी परेको छ । दिउँसो २ बजेतिर काठमाडौंमा असिना पानी परेको हो । हल्का वर्षा सँगै काठमाडौंका विभिन्न स्थानमा असिना पानी परेको हो । मौसम पूर्वानुमान महाशाखाले आइतबार मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र हिमपातको समेत सम्भावना रहेको बताएको थियो । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेश […]

सर्लाही भन्सारमा घट्यो राजस्व संकलन

सर्लाही । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व संकलनगरेको छ । आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिनुभयो । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । […]

संसदमा रास्वपाको प्रश्न : प्रधानमन्त्री सँग विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ ?

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाहीको माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई यस्तो चुनौती दिएका हुन् […]