एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले कोरियन स्किन हस्पिटल लेट मेइनका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंकसँग सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म […]

पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो आईएम ६ , मूल्य ७४.९९ लाख पर्ने

काठमाडौं।  एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाली बजारमा मोरिस ग्यारेज (एमजी) आईएम ६  गाडि ल्याएको छ  । कम्पनीले एक समारोहका बिच  बिहीबार आइएम ६ सार्वजनिक गरेको हो । आईएम ६ गाडीको मूल्य ७४ लाख ९९ हजा रुपैयाँ तोकिएको छ। आइएम ६ गाडी २१ साउनमा काठमाण्डौमा सुरु हुने  हुने नाइमा अटो मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा […]

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू […]

नेपालमा टिकटकले किन हटायो १८ लाख ७६ हजार भिडियो ?

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको प्रतिबद्धता अनुरुप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरु पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरुको विवरण राखेको छ । यसले प्रयोगकर्ताहरुलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने […]

लगानीकर्ता प्यानिक अवस्थामा, बजार दोहोरो अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसमूहमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स सूचक दोहोरो अंकले घटेको छ । बजार ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ । आज १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार भएका ३१८ स्क्रिप्टमध्ये ५२ वटाको भाउ बढेको छ भने १९८ वटा घटेको छ । यता, ५ वटा कम्पनीको […]

प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका […]

देशभरका सात राजमार्ग वर्षाका कारण अवरुद्ध

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको […]

‘होण्डा डिओ १२५’ बन्यो ५३ सय मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याबला पास (उपल्लो डोल्पा) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिब कम्पनी प्रा.लिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो । शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको […]

आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको नाफा १२ लाख ७५ हजार, प्रतिसेयर आम्दानी २४ पैसा

काठमाडौं । आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको असारसम्म १२ लाख ७५ हजा रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७९.५९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । यो माइक्रो इन्सुरेन्सको बिमा शुल्क संकलन ४७ लाख ३० हजारबाट बढेर ५ […]

माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव […]