टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

बारा । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका […]

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने

गुल्मी । यहाँको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक १ महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले १ महिना बन्द हुने भएको हो । यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा आजदेखि सडक स्तरोन्नति सुरु गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज […]

राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्ने भएका छन् । संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट […]

सुनको मूल्य ४२ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघकाअनुसार सुन  शुक्रबार तोलामा २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरेको छ । बिहीबार सुन तोलाको २ लख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यस दिन चाँदीको मूल्यमा ६० रुपैयाँले बढेको छ । […]

इजरायल–हमास सम्झौता: बन्धक रिहाइ प्रक्रिया सुरु

काठमाडौं । इजरायली क्याबिनेटले हमाससँगको दुई वर्षे गाजाको संघर्ष अन्त्य गर्ने उद्देश्यले बन्धक रिहाइ सम्झौताको “रूपरेखा” अनुमोदन गरेको छ। यो निर्णय अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा, इजिप्ट र कतारको सहकार्यमा तयार भएको योजना अनुसार भएको हो। सम्झौताको मुख्य अंशहरू बन्धक रिहाइ: हमासले बाँकी सबै बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गर्ने प्रतिबद्धता जनाएको छ । हाल […]

प्रभु केबलकारले आइपीओ जारी गर्ने

काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित पुस २६ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ कटेज, काठमाडौंमा दिउँसो पैने ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष […]

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । फिलिपिन्सको दक्षिणी भागमा शुक्रबार बिहान समुद्रभित्र ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। भूकम्पको केन्द्र मिन्दानाओ टापु नजिक दावाओ ओरिएन्टल क्षेत्रमा रहेको बताइएको छ। फिलिपिन्सको भूवैज्ञानिक संस्था (Phivolcs) ले भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामी आउने सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ। उनीहरूका अनुसार समुद्रको सतहबाट १ देखि ३ मिटर उचाइका छाल आउन सक्ने जोखिम छ। […]

त्रिवि जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक हुने

काठमाडौं ।  शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने भएको छ । सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री महाबिर पुनले सो कुराको जाकारी दिएका हुन  ।  यस अघिको केपी ओली सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन […]

बाढीका कारण ६ सडक अझै अबरुद्द

काठमाडौं । बिगतमा आएको अबिरल बाढी र बर्षा को कारण अबरुद्द ६ सडक अझै अबरुद्द बस्थामा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । अबरुद् सदकमा कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका(९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ४८, […]