सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ । सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा […]

नबिल बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र […]

कस्तो रहला आजको मौसम ? 

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु÷कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]

विश्वको अधिकांश एक्सचेन्जले प्रयोगमा ल्याएको १५ मिनेटको भारित औसत गणनाबाट किन पछि हट्यो नेप्से ? के भन्छन् सरकारका अधिकारीहरु

काठमाडौं । विश्वको अधिकांश देशका स्टक एक्सचेन्जले वैज्ञानिक गणना विधि भन्दै लागु गरेको अन्तिम १५ मिनेटको भारित औसत गणना विधिबाट नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पछि हटेको छ । वैज्ञानिक गणना विधि मानिने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधिलाई लामो समय निरन्तरता दिन सकेन , जसले सेयर बजारको वास्तविक तथ्याङ्क […]

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जना व्यक्तिमाथि कारबाही गरेको छ । प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो । ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन् । शाह […]

एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निश्काशन कार्यका लागि सेयर निश्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल […]

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य संघद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्छ बताएका हुन् । […]

क्षमता भएका सबै बैंकले दिए लाभांश, कम्पनीहरुको औसत प्रतिफल दर बढ्यो

काठमाडौं । लाभांश वितरण क्षमता भएका सूचीकृत सबै बैंकहरुले प्रतिफल घोषणा गरेका छन् । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । बाँकी ६ वटाले भने यसवर्ष सेयरधनीको हात खाली गर्दैछन् । नेपाल बैंक, कुमारी र प्रभु बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यता, हिमालयन बैंक, […]

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

फोनोम पेन। कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् । सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै पक्षमा मानव क्षति […]