तरकारीको मूल्य मध्यम, प्रतिकिलो गोलभेँडा ४० र गुन्द्रक भने ३५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

एरो फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्न नियुक्त गर्‍यो विक्री प्रबन्धक

काठमाडौं । एरो फर्मास्युटिकल्सले प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ। प्रति शेयर अङ्कित मूल्य रु एक सय दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो। सर्वसाधारणमा शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबिच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यही […]

नागरिक लगानी कोषको संचालकमा चुडामणी नियुक्त

काठमाडौं । नागरिक लगानीकोषको सञ्चालक समितिको सदस्यमा नेप्सेका सिईओ चुडामणी चापागाईं नियुक्त भएका छन् । कोषको चैत २८ गते बसेको कम्पनीको सञ्चाकल समितिको बैठकले चापागाईंलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकमा सञ्चालक समिति समक्ष चापागाईंले सञ्चालक पदको शपथ समेत लिएको जानकारी नागरिक लगानीकोषका सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिएका छन् ।

शनिबार अधिकांश बैंकहरु खुल्ने

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तको सेटलमेन्ट कार्यलाई ध्यानमा राख्दै अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले शनिबार बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् । चैत मसान्त सकिन लाग्दा बैंकहरुले वित्तीय कारोबार सन्तुलनका लागि शनिबार बैंकिङ सेवा उपलब्ध गराएका हुन् । चैतको अन्तिम दिनमा गरिनुपर्ने आर्थिक कारोबार, खाताको अन्तिम लेखाजोखा, भुक्तानी तथा राजस्व संकलन जस्ता महत्त्वपूर्ण […]

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएकाे हाे । बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ […]

धितोपत्र बोर्डको संरचना परिबर्तन गर्न उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगको सुझाब

काठमाडौं । उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगले नेपाल धितोपत्र बोर्डको संरचना परिबर्तन गर्न सुझाव दिएको छ । आयोगले २०८१ चैत २९ गते नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री बिण्णु पौडेललाई बुझाएको प्रतिबेदनमा नेपाल धोतोपत्र बोर्डको संरचना परिबर्तन गर्नु पर्ने बिषु उल्लेख छ । आयोगले हाल बिध्यमान धितोपत्र ऐन २०६३ मा संशोधग गरी बोर्डको संञ्चालक […]

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

काठमाडौं । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३०  मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताए  । […]

यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको […]

आज यी स्थानमा बिधुत आपुर्ति बन्द हुने

काठमाडौं ।आज काठमाण्डौ उपत्याकाका बिभिन्न स्थानमा बिधुत आपुर्ति बन्द हुने  भएको छ । लगनखेल बितरण केन्द्र अन्तर्गत इमाडोल फिडरमा ग्वार्को,इमाडोल कृष्ण मन्दिर, ढुङ्गे पोखरी बोजेपोखरी, टिकाथली खानेपानी क्षेत्र कटे लुभु क्षेत्रमा दिउसो २.३० देखी ३.३० सम्म बिधुत नहुने भएको हो । ललितपुर  वितरण केन्द अन्तर्गत जाउलाखेल फिडरमा पाटन हस्पिटल,कुमारीपाटी,मानभवन,जावलाखेल,ए.भी.एम चोक,कुलेश्वर बितरण केन्द्र अन्तर्गत थानकोट बितरण […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ३७ पैसा बिक्रि दर १ सय ३७ रुपैँया ९७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५६ रुपैँया २ पैसा बिक्रि दर […]