नयाँ वर्षमा एआई प्रभाव, सेयर बजारको स्थिति सुदृढ

टोकियो :  एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् । सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो । अमेरिकाको एस […]

दराजद्वारा १.१, द नं १ सेल सार्वजनिक, नयाँ वर्षको सुरुवात विशाल बचतसँगै

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १।१, द नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ ९पुष २१, २०८२० सम्म सञ्चालन […]

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन। भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको […]

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

काठमाडौं । नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शङ्कास्पद कारोबारको राष्ट्र बैङ्कले जानकारी पाएको छ । नेपालमा भर्चुअल सम्पत्ति […]

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।  नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ […]

हायात प्लेस बुटवलमा नयाँ वर्षको भव्य स्वागत

रूपन्देही । हायात प्लेस बुटवलले आफ्नो बहुप्रतिक्षित कार्यक्रम न्यू इयर्स इभ अन्डर द स्टार्सू को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई स्वागत गरेको छ। २०२६ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको यो खुल्ला आकाशमुनिको उत्सवले होटेलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गरिदियो, जहाँ पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक माहोल र स्वादिला […]

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । […]

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ । धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको […]

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

काठमाडौं । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा यही पुस २० र २१ गते ठमेलको छायाँ सेन्टरमा निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिएको […]

उत्तर कोरियामा किमकी छोरी उत्तराधिकारीकाे सङ्केत

प्योङयाङ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन् । नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ । करिब १३ वर्षकी किम जु ए […]