विदेशी विनिमय सञ्चिति साढे २५ खर्ब बढी पुग्यो

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे २५ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० […]

चालु खाता ३०७ अर्ब भन्दा बढीले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता रु.३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२ खर्ब अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ […]

प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, उद्धारमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् । उनले यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् । ‘यस दुःखद […]

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा करिब साढे १५ खर्ब विप्रेषण (रेमिटेन्स ) भित्रिएको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५ […]

मूल्यवृद्धि घट्यो ,  हिमालको तुलनामा काठमाडौं घट्यो मूल्यवृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय खाद्य, गैर खाद्य, पेय पदार्थ लगायतका समाग्रीको मूल्य वृद्धि घटेको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार २०८२ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ […]

राप्ती हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको १:१ अनुपातमा जारी भएको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। यो हकप्रद कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख […]

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.८ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकमा नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) ४. ८० प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्युत् उत्पादन, निर्माण, वित्तीय सेवा, खानी तथा खनिज उत्खननजस्ता क्षेत्रमा देखिएको उल्लेखनीय सुधारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको हो । यस त्रैमासिकमा अर्थतन्त्रको धनात्मक […]

खानेपानी महासंघद्वारा कर खारेजीको माग

काठमाडौं । खानेपानी सरसफाइको व्यवस्थापन र सञ्चालन गरिरहेका उपभोक्ता समितिको रकममा सरकारको २५ प्रतिशत कर लगाउने निर्णय सच्याउन खानेपानी महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गरेको छ । खानेपानी जस्तो संवेदनशील विषयमा सहजीकरणको भूमिका निर्वाह गरिदिनको लागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको हो । सरकारले उपभोक्तालाई २५ प्रतिशत कर लगाउने निर्णय अव्यवहारिक […]

केयी इ–क्यूट ०२ः अब मात्र २० लाख ९६ हजारमा उपलब्ध

काठमाडौं । नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले केयी इ–क्यूट ०२—बजारमा उपलब्ध सबैभन्दा व्यावहारिक २–ढोके इलेक्ट्रिक गाडीहरू मध्ये एक मात्र २० लाख ९६ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुने भएको हो। यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको छ। केयी इ–क्यूट ०२ आधुनिक […]

एनआरएनए अमेरिका टेक्सास च्याप्टरको उपाध्यक्षमा बन्जाडेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सास च्याप्टरको आगामी कार्यकालका लागि उपाध्क्षय पदमा सुबास बन्जाडेले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। हाल बोर्ड सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका बन्जाडेले २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि उपाध्क्ष सम्हाल्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बन्जाडे टेक्सास च्याप्टरलाई आगामी दुई वर्षभित्र अमेरिका एनसीसी अन्तर्गतकै उत्कृष्ट च्याप्टरको रुपमा स्थापित गर्ने […]