आज काग तिहार, कागलाई आज यमदूतकै रुपमा लिई पूजागरी मनाइँदै
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । हिन्दू विधी र परम्परा अनुसार पाँचदिन सम्म मनाईने भएकाले यमपञ्चक पनि भनिने यस चाड अन्तर्गतको पहिलो दिन आज काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजागरी मीठा मीठा खानेकुराहरु दिई सत्कार गरिन्छ । […]

