माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति प्रदान गरेको छ। सोमबार बसेको सेबोनको बोर्ड बैठकले उक्त स्वीकृति प्रदान गरेको हो। सेबोनबाट अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटलले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ), हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री र वितरण प्रक्रियाको व्यवस्थापन गर्न सक्नेछ। साथै, शेयर […]

