मधेशमा थुनिएका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिए

जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात  राजनीतिक दलका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् । मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न उनीहरू बिहीबार उपसभामुखको कार्यकक्षामा पुगेका थिए ।तनावका बीच प्रस्ताव दर्ता गरेपछि उपसभामुखको कार्यकक्षबाट बाहिर खोज्दा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूबीच  हात हालाहाल […]

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

गण्डकी। पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ । प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल […]

आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एशोसिएसन) लाई आपत्कालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले आज भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन […]

हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार, विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढ्यो

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गर्ने २३ वटा हाइड्रोपावरले २ अर्ब ११ करोड नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६८.३८ प्रतिशत धेरै हो । गत वर्षको पहिलो त्रैमासमा यी कम्पनीहरुले समग्रमा १ अर्ब २५ करोड नाफा कमाएका थिए । २३ […]

रविको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने(थप प्रमाण) आदेश गरेको हो ।

बरुण हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले जारी गरेको १०० प्रतिशतले हकप्रद सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिए। त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू […]

३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । […]

सरकारले देशलाई चुनावतर्फ नभई सङ्कटतर्फ लगिरहेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई सङ्कटतर्फ लैजाने बताएका छन् ।लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने पोखरेलले बताए । नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्न प्रतिनिधि सभाको पुनर्स्थापना गरेर त्यसकै माध्यमबाट युवाहरूका माग सम्बोधन गर्न […]

फेदीखोला हाइड्रोपावर कम्पनीले १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अधिकृत तथा जारी पूँजी ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ […]