कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर । कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उहाँले […]

साङ्ग्रिला इन्टरनेशनल फ्रेट र उपायबिच नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा ढुवानी सेवा प्रदान गर्न सम्झौता

काठमाडौं । साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रालि (एसआईएफएल) अग्रणी अन्तर्राष्ट्रिय फ्रेट फर्वार्डिङ कम्पनी डीएसभीको नेपालको एकमात्र आधिकारिक एजेन्ट र उपाय सिटी कार्गो प्रालि (उपाय), नेपालकै भरपर्दो प्रविधिमा आधारित ढुवानी सेवा प्रदायकबिच साझेदारी स्थापनाको उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यो साझेदारीले नेपालको ढुवानी क्षेत्रलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । […]

सुन र हिराको भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष ध्यानाकर्षण

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । सुनमा प्रस्ताव गरिएको दुई प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यावहारिक र उपभोक्तामा समेत गम्भीर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री […]

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

महेन्द्रनगर । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म रु ३६ करोड ३९ लाख ६३ हजारको रासायनिक मल बिक्री वितरण गरेको छ । कम्पनीका अनुसार हालसम्म रु १४ करोड ३० लाख २२ हजारको युरिया, रु २२ करोड २४ लाख ६५ हजारको डिएपी र रु ८४ लाख ७५ हजारको पोटास बिक्री […]

४५ चेपाङ परिवारलाई घर निर्माण

चितवन ।  चितवनकाे इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो। उनका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा छ, वडा नम्बर ५ […]

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’

भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो […]

प्रजननको समय भन्दै बन्द गरियो निकुञ्जमा जिप सफारी 

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले सोमबारदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा […]

अवितरित सवा २ लाख कित्ता हकप्रद शेयर बिक्री गर्दै सन नेपाल लाइफ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत सवा २ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २३४ हजार ७२८ कित्ता शेयर बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन गरेको छ । इन्स्योरेन्सले लाभांश वितरण प्रयोजनका लागि आइतबार बुकल क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य ८२५ दशलमव ७८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम […]

बुङ्गल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले आइतबार बोर्डबाट आईपीओ अनुमति पाएको हो । कुल ८३ लाख कित्ता सेयरमध्ये ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो । यो सँगै  २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुनेछ । अंकित मूल्य १ […]