राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए । आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको कार्यालय विराटनगरमा […]

द गभर्नर ह्विस्की अब १८० एमएल को आकर्षक प्याकमा

काठमाडौं ।  सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क व्हिस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ। नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग […]

एमएडब्लु वृद्धिले दाङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै

दाङ्ग । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ । उक्त क्याम्प १९ देखि २१ पौष २०८२ सम्म राप्ती अटोमार्ट प्रालिमा आयोजना हुनेछ, जुन दाङ्ग क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरक हुनेछ । यस टेस्ट ड्राइभ एन्ड […]

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनोक मूल्य १ हजार ४ सय रुपेयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ थियो । यस दिन चाँदी पनि ५५  रुपेयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला […]

१४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस १७ गते बिहिबार सेयर बजारमा १४ वटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर रहेको छ। यी कम्पनीहरूले पुस १८, १९ र २० गतेका लागि बुक क्लोज मिति तोकेकाले आजसम्म सेयरधनी बनेका लगानीकर्ताले मात्रै सम्बन्धित लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्त, हाइड्रोपावर, इन्स्योरेन्स, फाइनान्स र दूरसञ्चार क्षेत्रका कम्पनीहरू यस सूचीमा परेका छन्। […]

पाल्पा सिमेन्टले पुस २५ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यही पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड […]

रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि यही पुस १३ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका […]

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् । केही वर्षयता पर्यटकीय […]

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको संख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन संख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन […]

बुढानिलकण्ठ हेरिटेजको हकप्रद सेयरमा आवेदन दिदने समय थप 

काठमाडौं । बुढानिलकण्ठ हेरिटेड लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले हकप्रद सेयरमा पुस १६ गतेसम्म आवेदन दिने समय रहेकोमा उक्त समयमा माग बमोजिमको आवेदन नपरेपछि समय थप गरिएको हो । थप गरिएको समय अनुसार अब पुस २३ गतेसम्म यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीे चुक्ता पुँजीको […]