अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी […]

आज १३ औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् ।  महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा रहेको थियो । […]

शिखर पावरलाई आईपीओ निष्काशन गर्न बोर्डद्वारा अनुमति प्रदान

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यस […]

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए। नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयाल कर्पोरेशनबाट घटेर नयाँ मूल्य आएसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । निगमले भोलिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ, डिजेलको ५ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तराष्ट्रिय तर्फ अमेरिक डलर ४२ रुपैयाँले घटाएको हो । त्यस्तै भारतबाट […]

पाँच महिनामा साढे ५ अर्बकाे पोलिसी सरेण्डर

काठमाडौं । चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा साढे ५ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम […]

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा बिरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व […]

इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ

जेरूशलेम। इजरायली कब्जा बल (आइओएफ) ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ । आइओएफले तीनजना प्यालेस्टिनी युवाहरूलाई तुलकार्म प्रान्तको पूर्वमा रहेको काफ्र अल–लाबाद सहरमा उनीहरूको घरमा छापा मारेर पक्राउ गरेको वफा समाचार एजेन्सीले रिपोर्ट गरेको छ । आइओएफले बेइट फज्जर सहरमा एक जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै छिमेकमा […]