कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न

विराटनगर । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल […]

आज राम नवमी पर्व मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको पर्व रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। मर्यादा, धर्म, सत्य र आदर्शका प्रतीक मानिने भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले त्रेतायुगमा धर्मको रक्षा, अधर्मको अन्त्य र लंकाका अधर्मी राजा रावणको वध गर्न श्रीरामका रूपमा अवतार लिएका थिए। रामायणमा वर्णित […]

नयाँ प्रधानमन्त्रीको शपथ आज

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री […]

आज सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर […]

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिएको हो । मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको […]

प्रधानमन्त्री सुशीला कार्की : ‘सन्तुष्टि र आशा बोकेर बिदा हुँदैछु’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी हुन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही […]

वाडा अटो शो, पोखरामा लक्ष्मी ग्रुपका विशेष अफरहरू

पोखरा ।  Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले WADA अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ। चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान […]

प्रधानमन्त्री सुशीला कार्की राष्ट्रको नाममा सम्बोधन गर्न लाग्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन आजै सार्वजनिक हुनेछ। भाद्र २३ र २४ गतेको Gen-Z आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले देशको बागडोर सम्हालेकी थिइन्। उनको नेतृत्वमा सरकारलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर […]

मध्यपूर्व युद्धबारे वार्तामा इरान गम्भीर हुनुपर्ने ट्रम्पको भनाइ

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह गरे । इजरायलले इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डरलाई मारेको भन्दै युद्धको सुरुवातदेखि नै ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्ग अवरूद्ध गरिएको थियो । यो परिस्थितिका लागि अमेरिका र इजरायल ’प्रत्यक्ष जिम्मेवार’ रहेको इरानले बताएको छ भने हर्मुज जलमार्गको अवरूद्धताले विश्वव्यापीरूपमा […]