सुरक्षाको कारण देखाउँदै मुग्लिन–नारायणगढ सडक खण्ड पुनः पूर्ण रूपमा बन्द

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: सवारी आवागमन बन्द भएको छ। अविरल वर्षा र पहिरोको जोखिमका कारण पोखरातर्फ जाने सवारी साधनका लागि मात्र आंशिक रूपमा खुला गरिएको उक्त सडक खण्ड सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो। सडक प्रशासन तथा सुरक्षा निकायका अनुसार असोज ९ गते मध्यान्ह १:२० […]

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताएका छन् । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी […]

कोरला नाकामा हिमपात र तल्लो मुस्ताङमा वर्षा: नेपाल-चीन व्यापार प्रभावित हुने जोखिम

काठमाडौं । मुस्ताङको उत्तरी चीनसँग सीमा जोडिएको कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ। उच्च हिमाली क्षेत्रमा मौसममा आएको अचानक परिवर्तनसँगै यस भेगमा चिसो तीव्र रूपमा बढ्न थालेको छ। लोमान्थाङदेखि कोरला नाकासम्मका उच्च भूभागमा हिमपात भएपछि सीमावर्ती क्षेत्रको जनजीवन, दैनिक आवतजावत र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको छ। मौसम प्रतिकूल बन्दै जाँदा कोरला नाका […]

काठमाडौँ महानगरमा केही दिन फोहर संकलन र ढुवानी प्रभावित हुने, घरमै राख्न आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाले केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। महानगरपालिकाले ल्याण्डफिल साइटमा समेत पहिरो गई लेदोसहितको माटो खसिरहेको भन्दै फोहर व्यवस्थापनमा असहजता उत्पन्न भएको जनाएको हो। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो आएको र त्यसको असर फोहर […]

सिक्किममा भारी वर्षा र पहिरो, पूरै गाउँ र धेरै सरकारी भवन बगे

काठमाडौं । नेपालको छिमेकमा रहेको भारतको उत्तर-पूर्वी राज्य सिक्किममा भएको भारी वर्षाका कारण ग्याल्जिङ जिल्लाको रिम्बी गाउँमा पहिरो गएको छ। त्यहाँ धेरै घरहरू, सरकारी आवास (क्वाटर) हरू र अन्य भौतिक सम्पत्तिहरू बगेका छन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले फेसबुकमा लेखेका छन्, “बीती राति भएको भीषण पहिरोपछि रिम्बी, ग्याल्जिङ जिल्लाको स्थितिबाट अत्यन्तै दुःखी र चिन्तित छु। स्थिति […]

५५ महिनापछि फेरि ब्युँतियो जय नेपाल हल, १५ करोड लगानीमा इतिहाससँगै आधुनिक प्रविधिको पुनरागमन

काठमाडौं । काठमाडौँको मुटु हात्तीसार । चक्रपथको कोलाहलभन्दा केहीभित्र तर नेपाली चलचित्र इतिहासको केन्द्रबिन्दुमा ठिङ्ग उभिएको एउटा भवन र प्रशस्त प्राङ्गण । यो केबल इँटा, सिमेन्ट र फलामको संरचना मात्र होइन, बरु काठमाडौँको सिने संस्कृति, आधुनिकता र झण्डै एक शताब्दी लामो इतिहासको साक्षी हो। यो हो जय नेपाल सिनेमा हल । जब कोरोना महामारीको दोस्रो […]

होण्डाको नयाँ चाडपर्व अफर: नयाँ कार खरिद गर्दा १० लाखसम्मको भारी छुट

काठमाडौं ।  नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरूका लागि ‘FESTIVE OFFER HONDA को सफर’ नामक आकर्षक योजना बजारमा ल्याएको हो। यस योजना अन्तर्गत ग्राहकहरूले होण्डाका नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त […]

तनहुँबाट काठमाडौँ र भरतपुर जाने खण्डमा पहिरो, यातायात प्रभावित

काठमाडौं । तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडक खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ । मुग्लिङ–पोखरा सडक खण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर […]

एसियन गेम्स क्रिकेट: अफगानिस्तानविरुद्ध नेपाललाई १०३ रनको सहज लक्ष्य

काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी अफगानिस्तानलाई १०२ रनमै रोक्न सफल भएका छन्। नेपाली स्पिनरहरूको उत्कृष्ट बलिङ सामु अफगानिस्तानको ब्याटिङ लाइनअप धराशायी बन्न पुगेको हो। जापानको कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०२ रन […]

खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण हवाई उडान प्रभावित

काठमाडौं । खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।  उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा,भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।