आज यी स्थानमा हुन सक्छ अति भारी वर्षा, हावाहुरीको पनि सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ । यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ […]

प्रधानमन्त्री वालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको साधारण बहस  लाई  सम्बोधन गर्ने भएको छ। अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभालाई उनले न्युयोर्क समय अनुसार २४ सेप्टेम्बर २०२६ को साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली समय अनुसार भोलि (२५ सेप्टेम्बर २०२६ / असोज ९ गते) बिहान ५:४५ बजे प्रधानमन्त्री शाहको सम्बोधन […]

पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ। खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का […]

राजस्व सङ्कलन १५.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ७ गतेसम्ममा सरकारले  २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १५.४ प्रतिशतले बढी हो। गत वर्षको असोज ७ गतेसम्म  १ खर्ब ७५ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। अघिल्लो वर्षको तुलनामा सुधार […]

विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सरकार उच्च सतर्कताका साथ मैदानमा

काठमाडौं । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्ण रूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका साथ पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका हुन्। आज कार्यवाहक प्रधानमन्त्री एवम् […]

नेपाल राष्ट्र बैंकद्वारा सेयर लगानीको न्यूनतम अवधि ४५ दिन कायम गर्दै एकीकृत निर्देशन २०८२ मा व्यापक संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सेयर तथा ऋणपत्रमा लगानीको न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गर्नुका साथै आगामी आर्थिक वर्षका लागि प्रतिचक्रीय पूँजी बफर (Countercyclical Buffer) शून्य प्रतिशत रहने नयाँ व्यवस्था लागू गरेको छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय […]

फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पु¥याउने लक्ष्य

काठमाडौं । ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रही युवा सि.ए.हरु तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित फिनोभेटिभ ग्रुप प्रा. लि. को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्न कम्पनीमा संचालक समितिका साथ–साथै व्यवस्थापन समिति तथा लगानी समिति […]

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौं ।   रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् । भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा […]

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

काठमाडौं । प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औँल्याए। अमोदेईले […]