नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित भएको छ । इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते वीरगन्जमा सम्पन्न भएको छ । उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् […]

मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको शनिबार बसेको १६२ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाको आधारमा आफना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै सोहि बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्ने निर्णय समेत गरेको हो । चुक्ता पुँजी ६२ करोड […]

सिटिजन्स बैंकद्वार ”टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” अभियान सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र  एफवान सफ्टसँगको सहकार्यमा  ”टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् । यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ […]

शिखर इन्स्योरेन्सको दुई दशक पुरा, कम्पनीसम्बन्धी छोटो चलचित्र सार्वजनिक

काठमाडौं । निर्जीवन कम्पनी शिखर इन्स्योरेन्सले दुई दशक यात्रा पुरा गरेको छ । यसै अवसरमा कम्पनीले शिखर इन्स्योरेन्सको विषयवस्तु आधारित चलचित्र सार्वजनिक गरेको हो । ‘चलचित्रले हाम्रा ग्राहकहरूको जीवनका आरोह–अवरोहमा साथ दिँदै बिताएका २० अद्भुत वर्षहरूलाई उजागर गर्छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ । यस चलचित्रले ग्राहकहरूले कम्पनी माथि देखाएको विश्वास र दृढतासँगै, उनीहरूको जीवनमा […]

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए। उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

उच्चतम बिन्दुबाट फर्कियो सुनको मुल्य, प्रतितोला ४ सयले घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सर्वाधिक मुल्य पुगेको सुनको मुल्य आइतबारलाई भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ […]

साझा यातायातको सीईओका लागि पुन: दरखास्त आह्वान

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको नियुक्तिका लागि सिफारिस गर्न पुनः दरखास्त आह्वान गरेको छ । साझा यातायातको सीईओ नियुक्तिका लागि सिफारिस गर्न माघ २८ मा दरखास्त आह्वान गरिएकोमा तोकिएको म्यादभित्र दर्ता भएका दरखास्तहरू छानविन गर्दा साझा यातायातको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि, २०८१ को दफा (५) को उपदफा (२) बमोजिम तोकिएको आवश्यक […]

१३ लाख ९७ हजार कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न पाँच कम्पनीको शेयर बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीहरुको संस्थापक समूहको शेयरहरु बिक्री गर्ने बैंकको निर्णय अनुसार करि १३ लाख ९६ हजार ९०२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले जारी गरेको सूचनाअनुसार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टमा रहेको ५० हजार कित्ता शेयर प्रतिकित्ता ६९६ रुपैयाँका दरले, सूर्योदय […]

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गत फागुन २७ देखि सर्वसाधारणमा बिक्री तथा निष्काशन शुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी  साठ्ठी करोड रुपैयाँको ३०% अर्थात अठार करोड रुपैयाँ रकम बराबरको प्रतिशेयर १०० का दरले  १८ लाख कित्ता साधारण शेयरको लागि आबेदन खुलाएको छ । यसअघि कम्पनीले श्रम […]