काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर। यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७÷७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र […]

चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला १६ सयले घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ३४ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ८० […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । संसदमा करिब दुई तिहाई नजिकको हैसियत बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न  चैत १२ गते बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ हुँदैछ । शपथ पश्चात रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो […]

रास्वपा केन्द्रीय समितिको बैठक बिहीबार बस्ने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो । पार्टी सभापति रवि लामिछानेका […]

अमेरिका भन्छ ‘सम्झौता नजिक’, इरानले भन्यो ‘वार्ता नै भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अन्त्य गर्न सम्झौता नजिक पुगेको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । उनले हालै सार्वजनिक वक्तव्य दिँदै अमेरिका र इरानबीच पछिल्ला केही दिनदेखि सकारात्मक र गहन वार्ता भइरहेको बताएका छन् । ट्रम्पका अनुसार प्रस्तावित सम्झौताअनुसार इरानले आणविक हतियार नबनाउने, युरेनियम संवर्द्धन नगर्ने […]

ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि. ले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । निर्वाचित नव-नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता […]

यस्ताे छ आजकाे तरकारी तथा फलफूलकाे भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १० गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार हिजो डल्ले भन्टाको प्रतिकेजी औसत भाउ ५५ रुपैयाँ रहेकोमा आज २७.२७ प्रतिशतले बढेर ७० रुपैयाँ पुगेको छ भने हरियो डल्ले फर्सी ८५ रुपैयाँबाट ३५.२९ प्रतिशतले घटेर ५५ रुपैयाँमा झरेको छ। आज काउली, घिउ […]

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै […]

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी

म्याग्दी । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो । पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न, पोखरीमा पानी भरेर चिस्यान कायम राख्न र […]

नम्बर प्लेट बदलेर चोरीको मोटरसाइकल कुदाउने युवक पक्राउ

काठमाडौं । काठमाडौँको बाइपास क्षेत्रबाट चोरीको मोटरसाइकलसहित नुवाकोटका २० वर्षीय निखिल बलामी पक्राउ परेका छन्। नुवाकोट ककनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको लोलाङ बस्ने बलामीलाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। उनले बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको वास्तविक मोटरसाइकलको नम्बर बदलेर बागमती प्रदेश ०२–०३९ प ९४५४ राखी चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उक्त […]