सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित निकालेको छ । यस क्षेत्रमा रास्वपाका आशिष गजुरेल निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत ल्याएर जित हात पार्दा उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ दाहाले ४ हजार ७८० मत ल्याएका छन् । […]

