कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन्। ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने […]

कर्णाली प्रदेशमा ८ सय ६१ क्षयरोगी भेटिए

काँक्रेविहार। कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१/८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए । चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, […]

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो । प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक करोड […]

वसन्तको आगमनसँगै काठमाडौंमा छायो हरियाली

काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वशन्तहरु भन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौंका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन् । अघिल्लो हप्तासम्म खडेरी र धुवाँधुलोले काठमाडौंको […]

इरान र अमेरिका–इजरायलबीचको युद्ध दिनप्रतिदिन जटिल बन्दै, विश्व चिन्तित

काठमाडौं । हाल विश्व राजनीतिमा सबैभन्दा ठूलो तनावको विषय बनेको इरान र अमेरिका–इजरायलबीचको युद्ध दिनप्रतिदिन झन् जटिल बन्दै गएको छ। सन् २०२६ मार्च २६ मा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुबाट प्रकाशित समाचारअनुसार, यो युद्ध केवल मध्यपूर्वमा सीमित नभई विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा गम्भीर असर पारिरहेको छ। यस युद्धमा अमेरिका र इजरायलले इरानमाथि निरन्तर आक्रमण गरिरहेका […]

बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

गलकोट । विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन् । आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ । ‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि […]

घट्यो सुनको भाउ, बढ्यो चँदी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ३१५ […]

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

काठमाडौं ।  नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने […]

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले २०८३ बैशाख ७ गते, घोराही उपमहानगरपालिका १५, दाङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ […]

संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक आज अपराह्न हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा […]