भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय, राहत कोषमा ४० करोड सहयोग

काठमाडौं ।  भदौ १० गते रसुवा भोटकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रति व्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको […]

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका कार्य मानव अधिकारमैत्री ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। रसुवा, […]

राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्कोे निर्णय अनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टागरी कोषमा जम्मा […]

इरानमा मृतकको संख्या १८ पुगेपछि ट्रम्पद्वारा थप आक्रमणको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जुनसुकै बेला आक्रमण गर्न सकिने चेतावनी दिँदै थप हमलाको धम्की दिएका छन्। पछिल्लो अमेरिकी आक्रमणमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने कम्तीमा १०८ जना घाइते भएका छन्। जुलाई महिनायता अमेरिका र इरानबीच भएको यो सबैभन्दा ठूलो दोहोरो भिडन्तपछि बुधबार ट्रम्पको यस्तो धम्की आएको हो। नाकाबन्दीमा परेको […]

ड्रोनमा अमेरिकाको नयाँ कर

काठमाडौं । अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा शुल्कसम्बन्धी आदेशमा हस्ताक्षर गरेको थियो । ह्वाइट हाउसले ड्रोन आयातबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमलाई शुल्कको प्रमुख कारण बताएको छ । २५ किलोग्रामभन्दा बढी तौलका […]

विपद् प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी: जलविद्युत् टनेलमा ब्लास्टिङ्ग गरेर बाटो खुलाउने प्रयास फोटो सहित

काठमाडौं । नेपालमा भदौ दोस्रो साता आएको विनाशकारी बाढी र पहिरोपछि नेपाली सेनासहितको संयुक्त टोलीले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र रूपमा अघि बढाएको छ।  २०८३ भाद्र १८ गते बिहान ११:०० बजेसम्मको विवरण अनुसार नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा प्रत्यक्ष […]

प्रधानमन्त्री बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार भेटवार्ता गरेका छन्। बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि आफ्नो टोलीले देखेका समस्या, आवश्यकता र भावी रणनीतिका विषयमा सरकारलाई सुझाव दिन घिसिङ सिंहदरबार पुगेका हुन्। भेटका क्रममा घिसिङ नेतृत्वको टोलीले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापना (रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट) का लागि […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले भोटेकोशी बाढीलगायत नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।

निर्जीवन बीमा व्यवसायी संघद्वारा राहत कोषमा पौने ४ करोड सहयोग

काठमाडौं ।  नेपाल निर्जीवन बीमा व्यवसायी संघले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत, पुनस्थापना र पुनर्निर्माणका लागि सरकारलाई रु ३ करोड ७३ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ। संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत  हरूको प्रतिनिधिमण्डलले २०८३ भदौ १७ गते अर्थ […]

हर्मुज तनावले व्यापारमा जोखिम

काठमाडौं ।  इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा युद्ध थप विस्तार हुने र हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने जोखिम बढेको छ । अमेरिकाले इरानी लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ भने इरानले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्न ‘नयाँ रणनीति’ अपनाउने चेतावनी दिएको छ […]