बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

गलकोट । विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन् । आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ । ‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि […]

घट्यो सुनको भाउ, बढ्यो चँदी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ३१५ […]

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

काठमाडौं ।  नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने […]

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले २०८३ बैशाख ७ गते, घोराही उपमहानगरपालिका १५, दाङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ […]

संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक आज अपराह्न हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा […]

भारत–ईरान व्यापार सहज : होर्मुज हुँदै आउने–जाने जहाज नरोकिने

काठमाडौं । ईरानले भारतसँगको व्यापारिक आवागमनलाई सहज बनाउन ठूलो घोषणा गरेको छ। अब भारत आउने–जाने जहाजहरूलाई होर्मुज जलडमरूमध्यमा रोकावट नहुने स्पष्ट गरिएको छ। ईरानी अधिकारीहरूले भनेका छन् कि यो निर्णयले भारतसँगको तेल, ग्यास र अन्य मालसामानको आपूर्तिलाई निरन्तरता दिनेछ। हालैको तनावपूर्ण परिस्थितिमा पनि भारत–ईरान व्यापारिक मार्गलाई सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार, यो कदमले […]

वीरगञ्ज भन्सारद्वारा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको […]

सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको हो। कम्पनीले यस चरणमा श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि ४ लाख २९ हजार […]

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुल्दै

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ […]

सुनसरीमा चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

धरान । सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने […]