एक अमेरिकी डलरको भाउ १३९ रूपैयाँ ८४ पैसा, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलर र बेलायती पाउन्डको मूल्य सामान्य बढेको छ भने युरोपियन युरो, अस्ट्रेलियन डलर लगायतको भाउ घटेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा छ। बिहीबार अमेरिकी डलर एकको खरिददर […]

सिन्धुपाल्चाेककाे भैरवकुण्ड भएर ६.१ म्याग्निच्युडकाे भूकम्प

काठमाडौं ।  सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही […]

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो […]

सुख्खा बन्दरगाहका लागि अधिग्रहण रहेको जग्गाको मुआब्जा छिटै दिइनेः मन्त्री गुप्ता

वीरगन्ज । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल सरकारले वीरगन्ज स्थित सुख्खा बन्दरगाह बिस्तारका लागि अधिग्रहण गरेको जग्गाको पूर्ण मुआब्जा हालसम्म विरण हुन नसकेकोमा आफू चिन्तित रहेको बताएका छन् । पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यक्रमको उद्घाटन पश्चात् वीरगन्ज बिरगन्ज वडा नम्बर २५ सुख्खा बन्दरगाह स्थित अतिक्रमित गाउँ पुगेका […]

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो । यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक […]

आगामी आवको लागि बजेट लेखन समिति गठन, संयोजकमा बजेट महाशाखा प्रमुख नेपाल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् । सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् […]

विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक बिक्रीवितरण रोक्न माग

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासंघ जिल्ला शाखा काठमाडौंले पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरुको अमर्यादित विक्रीवितरण भएको सन्दर्भमा ध्यानाकर्षणपत्र बुझाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासंघ जिल्ला शाखा काठमाडौंका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समिति संयोजक बिष्णु गिरी लगायत काठमाडौंका पदाधिकारि तथा सदस्यहरुले तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा ध्यानाकर्षण पत्र […]

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा […]

उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबीआईको दाबी

काठमाडौं । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन ९एफबीआई० ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो । “उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो”, एफबीआईले एक […]

पोखरीयामा ५० करोड बराबरको बिकासको काममा सहयोग संचालन गरिनेः मन्त्री गुप्ता

पर्सा । समृद नेपाल खुशि नेपालीको नारा पोखरियाको जनताले व्यवहार महशुस गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएका छन् । पोखरियामा आयोजना भएको मालपोत तथा नापी कार्यालयको सेवा केन्द्रको उद्घाटनको क्रममा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजकुमार गुप्ताले ग्रामिण क्षेत्रका जनताको आज दिन निकै खुशिको दिन भएको बताए । १४ किलो […]