सरकारी बेवस्ताको कारण पोल्ट्री व्यवसायीहरु बैंकको कालोसूचीमा, व्यवसाय धरासय

चितवन । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको ३ महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्यो । २ दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् । त्यसो त २ वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या […]

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको […]

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताएका छन् । संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठूला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग ९डिओजिई० को प्रमुखका रूपमा खर्च कटौती […]

सीजी मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभी सार्वजनिक

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले सीजी मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभी सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बुल्ट इन काराओके इन्टरटेनमेन्ट एकैसाथ ल्याएको जानकारी दिएको छ । सीजीको ‘लेभल अप’ अभियान अन्तर्गत विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन— गाउने, रमाउने, र आफैंलाई प्रस्तुत […]

माछापुच्छ्रे क्यापिटल तथा अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड बिच अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न असार २२ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र […]

त्रिभूवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो सामान ढिलो भएको जस्तो देखिएको हो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । उनले विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको बताएका हुन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा […]

राप्रपा सांसद कार्कीको व्यंग्य : नेताहरूको रगतमा नै भ्रष्टाचार छ

काठमाडौं । राप्रपा सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको भन्दै व्यंग्य गरेकी छिन् । आइतबार बिहान सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताएकी हुन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट […]

बैंकिङ प्रणालीमा अधिक तरतला ४५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ४५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगरौं : सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन् । उनले विकास गर्ने क्रममा जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको […]

हरिशयनी एकादशीको दिन पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, […]