ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिनेछ । यसअघि आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएकोमा एक दिन म्याद थप गरिएको थियो । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सार्वजनिक निष्कासनको अनुमति पाएको हो । त्यसमध्ये […]

प्रतिपक्षीले अवरोध नगरे संसद्‌मा आज राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने […]

सरकार र यातायात व्यवसायीबिच ७ बुँदे सहमति, बन्द नरोकिने

काठमाडौं । सरकार र यातायात व्यवसायीबिच सोमबार मध्यराति ७ बुँदे सहमति भएको छ । सोमबार राति सवा ११ बजेसम्म चलेको बैठकले सात बुँदे सहमति गर्दै संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न सिफारिस गर्नेसहितका ७ बुँदे सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा […]

कुवेती दिनारको मूल्य ४४६ रुपैयाँ ६९ पैसा, बहराइन दिनार ३६३ रुपैयाँ २० पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ […]

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार विशेष अदालतमा सोडारी मुख्यमन्त्री र मन्त्री पदमा रहँदा २०७४ देखि २०७९ सम्मको अवधिमा १ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अभियोगपत्र दायर गरेको हो । अख्तियारको अनुसन्धान अनुसार, सोडारीका वैध आम्दानीबाट जम्मा ८५ लाख ५१ हजार […]

कोशीका अधिकांश भागमा मनसुन विस्तार

काठमाडौं । यस वर्षको मनसुन गएको बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको छ। जसको फलस्वरुप कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्का देखि मध्यम मनसुनी वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र […]

मञ्जुश्री फाईनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । मञ्जुश्री फाईनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाईनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय […]

नवउदारवाद र विकृत पुँजीवादतर्फ उन्मुख बजेट यथार्थपरक छैनः जनार्दन शर्मा

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै गम्भीर समिक्षा गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटः अ होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै शर्माले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रुग्ण उद्योग संचालनको पहल नगरेको बताए । जलविद्युतमा ४० खर्ब रुपैयाँ डुबिसकेको भन्दै उनले […]

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा एक हजार वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनीधीहरु र विद्यार्थी सहित स्थानीयहरुको […]

एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन

काठमाडौं । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू भएको छ । देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसिटी ज्ञान’ सुरू गरिएको हो । कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि […]