पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार मूल्य पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ बढेको हो । मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । भारतीय बजारमा मूल्य बढ्दा नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म ५ अर्ब […]

प्रधानमन्त्रीद्वारा तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकि छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गर्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार […]

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सो प्रतिवेदन पेस गरेको हो । सो अवसरमा राष्ट्रपति पौडेलले संविधान र कानुनका अगाडि सबै समान र सबैको समान संरक्षण भन्ने […]

३ महिनाका लागि एन्फा निलम्वन

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा […]

प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिन सक्दैन: ओली

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने बताएका छन्। जाँचबुझ आयोगसँगको बयानमा भदौ २३ गते जेनजी पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय नै नभएको बताए। एमालेका अध्यक्ष समेत रहेका ओलीले बयानमा भनेका छन्, ‘प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको […]

जेनजी आन्दोलन : जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । गत भदौ २३ र २४  गते भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ । जनआस्था साप्ताहिकले प्रतिवेदन हात पारेर आज बिहानैबाट प्रकाशन गर्न थालेको थियो । इक्विटी नेपालले जनआस्थामार्फत प्राप्त गरेको प्रतिवेदनको पूर्णपाठ यस्तो छः

आन्दोलन उक्साएको आरोपमा टीओबी ग्रुपमाथि कारबाही सिफारिस

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनमा टीओबी ग्रुपलाई पनि अनुसन्धान गरी कारबाही सिफारिस गरेको छ। आयोगले सरकारतर्फ तत्कालीन प्रधानमन्त्रीदेखि फिल्डमा खटिएका अधिकारीलाई समेत कारबाही गर्न सिफारिस गरेको छ। तर आन्दोलनकारीतर्फ भने टीओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस गरिएको छ। भदौ २३ गतेको प्रदर्शनमा टीओबी ग्रुपका व्यक्तिहरू मोटरसाइकलमा चाबहिल ओम अस्पतालबाट […]

“संवैधानिक प्रक्रियाविना सेना सडकमा आउँदैन: प्रधानसेनापति सिग्देल”

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले सेनाकै पहिलमा भदौ २४ गते देशका राष्ट्रपति निवास र प्रधानमन्त्री निवासका मुख्य संरचना जोगाइएको जेनजी आन्दोलन जाँचबुझ आयोगलाई बयानका दिएका छन्। जेनजी आन्दोलनको प्रतिवेदनमा समेटिएको प्रधानसेनापति सिग्देलको बयानमा मानवीय सुरक्षालाई प्राथमिकता दिएको दाबी गरिएको छ। बयानमा सिग्देलले भनेका छन्, ‘मैले भौतिक संरचनाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिएको छु।’ भदौ २४ गते […]

 जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब २४ अर्ब ७२ करोड बीमाशुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ४२ हजार ५३४ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्। विवरण अनुसार फागुनसम्म सबैभन्दा धेरै नेपाल लाइफ […]

इरान–अमेरिका युद्ध अन्त्यका लागि सम्भावित वार्ताः जटिलता, चुनौती र भविष्य

इरान। अमेरिका र इजरायलबीच जारी युद्धको बीचमा कूटनीतिक पहलहरू तीव्र हुँदै गए पनि समग्र अवस्था अझै अन्योलपूर्ण र तनावग्रस्त बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक प्रगति भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय स्तरमा आशा जागेको छ । तर, इरानले औपचारिक वार्ता भइरहेको स्वीकार नगरेपछि वास्तविक अवस्था के हो भन्नेबारे स्पष्टता आउन सकेको […]