घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताएका छन्। आयोग परिसरमा आज आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति घोषणादेखि निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्दासम्मको करिब छ महिनाका अवधिमा आयोगले जटिलता र व्यवधान बेहोरेरै भए पनि निर्वाचन […]

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई […]

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत  

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेसनल लघुवित्त, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स र सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, नेसनल लघुवित्तको १८ लाख ९७ हजार ५४२.२५ प्रतिशत बोनस सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण […]

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’, सातै प्रदेशका ४ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका विद्यालय तथा […]

देउवाको बयान– बुढानिलकण्ठस्थित निजी निवासमा भेटिएको रकम भन्दै सार्वजनिक भएका भिडियो एआई हुनुपर्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई एउटा ठुलो षड्यन्त्रको संज्ञा दिएका छन्। जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले उक्त घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन्। जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा देउवाले आफ्नो निवासमा भएको घटना […]

कार्की आयोग प्रतिवेदन : ओली, लेखक र खापुङ्गमाथि जेल सजायँको सिफारिस

काठमाडौं । भदौ २३ र २४ का घटनाको छानबिनका निम्ति पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आमनिर्वाचन सकिएको दुई दिनपछि फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गलाई ३ बर्षदेखि १० बर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको सिफारिस […]

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

काठमाडौं । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२:३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन […]

निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ ढोका खोलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन् । निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न […]

लघु बिमा कम्पनीहरुको आक्रामक विस्तार, प्रिमियम संकलनमा लगातार वृद्धि

काठमाडौं । लघु निर्जीवन बिमा कम्पनीहरुले उल्लेखनीय प्रगति गरेका छन् । चालु आर्थिक वर्ष २०८२-८३ को ७ महिनासम्म अर्थात, फागुनसम्म आइपुग्दा यस्ता कम्पनीहरुको बिमा शुल्क (प्रिमियम) संकलन उल्लेखनीय रुपमा बढेको तथ्यांकले देखाएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार २०८०-८१ को फागुन महिनासम्म लघु निर्जीवन बिमाहरुको १० करोड ३३ लाख रुपैयाँ रहेको बिमा शुल्क संकलन २०८१-८२ […]

२४.४५ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार  नेप्से परिसूचक २४.४५ अंकले घटेको छ । बजार  २९३५.९४ विन्दुमा पुगेर भन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ इण्डेक्स २.२६ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४ अर्ब ८३ […]