प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

काठमाडौं । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२:३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन […]

निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ ढोका खोलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन् । निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न […]

लघु बिमा कम्पनीहरुको आक्रामक विस्तार, प्रिमियम संकलनमा लगातार वृद्धि

काठमाडौं । लघु निर्जीवन बिमा कम्पनीहरुले उल्लेखनीय प्रगति गरेका छन् । चालु आर्थिक वर्ष २०८२-८३ को ७ महिनासम्म अर्थात, फागुनसम्म आइपुग्दा यस्ता कम्पनीहरुको बिमा शुल्क (प्रिमियम) संकलन उल्लेखनीय रुपमा बढेको तथ्यांकले देखाएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार २०८०-८१ को फागुन महिनासम्म लघु निर्जीवन बिमाहरुको १० करोड ३३ लाख रुपैयाँ रहेको बिमा शुल्क संकलन २०८१-८२ […]

२४.४५ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार  नेप्से परिसूचक २४.४५ अंकले घटेको छ । बजार  २९३५.९४ विन्दुमा पुगेर भन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ इण्डेक्स २.२६ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४ अर्ब ८३ […]

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने कास्की रूपा गाउँपालिका-५ घर भएका ३६ वर्षीय बिकल पौडेल, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ घर भएका ४२ वर्षीय धनिराम बुढा, काठमाडौं टोखा […]

अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी

इस्लामावाद। मध्यपूर्वमा जारी युद्धबीच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीहरूले गरेका छन् । यद्यपि तेहरानले औपचारिक रूपमा यस्तो वार्तामा संलग्न नरहेको अडान दोहोर्‍याउँदै आएको छ । बुधबार दुई पाकिस्तानी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिँदै उक्त प्रस्ताव इरानसम्म पुगेको बताएका हुन् । उनीहरूका […]

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताए । निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्नु उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्छ भने । “निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, […]

तेल भण्डार थप खोल्न जापानको आग्रह

टोकियो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब देखिँदै जाँदा जापानले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) लाई आवश्यक परे थप तेल भण्डार बजारमा ल्याउन तयार रहन आग्रह गरेको छ । यसले सम्भावित आपूर्ति सङ्कटलाई समयमै नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ । टोकियोमा बोल्दै आइइएका प्रमुख फातेह बिरोलले पनि परिस्थितिअनुसार थप भण्डार सार्वजनिक गर्न […]

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी

काठमाडौं ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएक थिए । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने […]

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी।  बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि रु ६२ करोड विनियोजन भएको थियो । बेनी–पाखापानी […]