निर्माणाधीन कोबाङ–जोमसोम सडक ८ वर्षदेखि अलपत्र

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । […]

एनपीएल सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान

काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सिजन-२ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने अनुमान गरेको हो । स्पोन्सरबाट १५ करोड ३० लाख र ८ टीमबाट ९ करोड क्यानका सचिव पारस खड्काले जानकारी […]

इपीएस अन्तर्गत ६७ हजारको मंसिरदेखि भाषा परीक्षा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत मंसिर १ बाट उत्पादनमूलक क्षेत्रमा ६७ हजारको परीक्षा सुरु गरिने भएको छ । रोष्टरमा रहेका युवाले पहिला आफूहरूलाई कोरिया लैजानु पर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा २ महिना भित्र सक्ने गरी मंसिरदेखि सुरु गर्न लागिएको हो । हाल […]

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । “फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, […]

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी । बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुन पहिले नै पूर्व तयारी बढाएको हो । “मधेसमा शीतलहर वर्षौंपिच्छे भोग्दै आइएको समस्या […]

कालिज पालनमा ५० लाख लगानी

ढोरपाटन (बागलुङ) । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा […]

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]

बहुमूल्य धातुको कारोबारमा कडाइ

काठमाडौं । आन्तरिक राजस्व विभागले बहुमूल्य धातु तथा वस्तुको कारोबारमा स्वच्छता र पारदर्शिता कायम गर्न नयाँ निर्देशन जारी गर्दै कारोबारमा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले यस्तो निर्देशन जारी गरेको हो । सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन अनुसार यस्तो […]

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ । कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम)मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो । […]

नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

काठमाडौं । नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) सुरु भएको छ। अक्षरा स्कुलसहित उपत्यकाभित्रका विभिन्न नाैवटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २०५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन सुरु भएकाे हाे। व्यवसायी तथा पद्मज्याेति ग्रुपका अध्यक्ष साैरभ ज्याेतिको प्रमुख आतिथ्यमा साे कार्यक्रमकाे औपचारिक उद्घाटन भएकाे विद्यालयले जनाएकाे छ। कक्षा कोठामा प्रदान गरिने किताबी ज्ञानका […]