नाडा र नाडाका प्रादेशिक एशोसिएसनवीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक)  एशोसिएशनका अध्यक्षहरुविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो । सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित हुनु भएका पदाधिकारी तथा सदस्यज्यूहरुले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्धारा गेटा आँखा अस्पताललाई सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ । यस सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको अस्पतालले जनाएको छ । गेटा आँखा अस्पताल सुदुरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य […]

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

गोरखा । गोरखा नगरपालिकाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई […]

बैंक तथा वित्तीय संस्थाले बढाए सुनचाँदी धितो कर्जा, ६ महिनामा ६८ अर्ब ६९ करोड कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ६८ अर्ब ६९ करोड ६० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५ अर्ब ५२ करोड रुपैयाँले बढी हो । गत […]

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई भव्य समारोहका बिच सम्मान गरेको छ । समारोहमा प्रमुख […]

नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ । यसअघि संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने व्यवस्थालाई हटाउँदै सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नु पर्नेछ। यो सँगै संघ, […]

२७०० माथि शेयर बजार, १० अर्बको कारोबार

काठमाडौं । शेयर बजार लगातार दुई दिन बढेको छ । आइतबार  १९.५६ अंकले बढेको शेयर बजार  सोमबार पनि दोहोरो अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा पुगेर बन्द भएको छ […]

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो,’ उनले भने, ‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’ नुब्री भ्याली भनेर चिनिने […]

बिपी राजमार्गको पुनःनिर्माणका लागि जापानसँग आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच आज भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका […]

स्वास्थ बीमा बोर्डको कार्यकारी निर्देशक बन्न ११ जनाले दिए आबेदन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा  पदमा ११ जनाले आबेदन दिएका छन् । डा दामोदर बसौलाको कार्यकाल सकिएपछि रिक्त रहेको  स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशक नियुक्तिको लागि सिफारिस समितिले माघ २४ गते सूचना जारी गर्दै बोर्डको कार्यकारी निर्देशकको लागि आवेदन मान गरेको थियो । मागिएको आबेदनमा आबेदन दिने  अन्तिम दिन फागुन ४ गते तोकिएकोमा […]