बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षका लागि १४ जनाको आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन परेको छ । प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र १४ जनाको आवेदन परेको हो । अर्थ मन्त्रालयका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौंका विष्णुबाबु मिश्र, काठमाडौंका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा. दामोदर बसौला, काठमाडौंका चिन्तामणी शिवाकोटी, काठमाडौंका डा राजेन्द्र […]

