हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । […]

