हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिलेको राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक रूपमा अघि बढाउने उपयुक्त समय आएको बताएका छन्। नेपाल उद्योग परिसंघसँग सोमबार साँझ भएको भेटमा उनले निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए। उनका अनुसार हालको राजनीतिक स्थिरताले निजी क्षेत्रको लामो समयदेखिको माग सम्बोधन गरेको छ र अबको प्राथमिकता आर्थिक विकासमा केन्द्रित हुनेछ। […]

