बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदमः सिबिफिन

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरज्यूको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष […]

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरुबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बीमा महत्वपूर्ण छनोट हुन […]

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

काठमाडौं ।  इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका एयरलाइन्सहरूले मध्यपूर्वका धेरै गन्तव्यका लागि उडानहरू रद्द गरेका छन् । मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इजरायलले आक्रमण गरेपछि इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडानहरू रद्द गरेको बताएको छ । शुक्रबारका लागि निर्धारित धेरै उडानहरू र शनिबार एउटा तेहरान उडानलाई […]

एयर इन्डियाको विमानमा बमको सूचना, आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडानमा बम भएको आशंकापछि शुक्रवार बिहान आकस्मिक अवतरण गरिएको छ। थाइल्यान्डको फुकेतबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ गइरहेको एआई ३७९ उडान बमको हल्ला फैलिएपछि उडेका केही मिनेटभित्रै फुकेत विमानस्थलमै अवतरण गराइएको हो। थाइल्यान्डको स्थानीय समयअनुसार बिहान ९स्३० बजे उडेको विमान अन्डमान सागरमा केही समय फन्का लगाएर पुनः फुकेत फर्किएको थियो। बमको […]

टेल्जीका दुई नयाँ स्कुटर बजारमाः अपडेटेड टाइगर प्लस र नयाँ ट्याङ्क कार्गो स्कुटर

काठमाडौं । नेपाली बजारमा टेल्जीको दुई नयाँ विद्युतीय स्कुटर भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो । टेल्जी नेपालले अपडेटसहति ल्याएको टाइगर प्लस पुरानै मूल्यमा ल्याएको हो । कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार कार्गो स्कुटर ट्याङ्क […]

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ । पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आज (शुक्रबार)देखि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ । कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन […]

आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह

हङकङ ।  नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ। बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ-२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन्। वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको […]

३.८ गुणा बढी आवेदन प्राप्त गर्दै “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ %-२०८८/८९” को बाँडफाँड सम्पन्न

काठमाडौं ।एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा ) ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ % – २०८८/८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ । ५ अर्ब रुपैयाँ बराबरको यस हरित […]

प्रेस स्वतन्त्रतामाथि अदालतको हस्तक्षेपप्रति इम्सनको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्री हटाउने र नयाँ सामग्री प्रकाशनमा रोक लगाउने अदालती आदेशहरू जारी हुन थालेपछि यस प्रकारको घटना प्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले ध्यानाकर्षण जनाएको छ। इम्सनले विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ ले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै पछिल्ला घटनाले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गएको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खराब मौसमले सबै उडान प्रभावित

काठमाडौं । लगातारको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ठप्प हुँदा शुक्रबार बिहानदेखि सबै उडान रद्ध भएका छन्। बिहान करिब ११ः३० बजेदेखि परेको भीषण वर्षासँगै भिजिबिलिटी एकदमै न्यून भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। उनका अनुसार, खराब मौसमका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक दुबै उडान प्रभावित भएका छन्। अवतरण गर्न […]