करिब तीन गुणाले बढ्यो विद्युतीय सवारी साधनको आयात

काठमाडौं ।  पछिल्लो वर्षहरुमा विद्युतीय सवारी साधनको आयात उच्च रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ वटा निजी विद्युतीय सवारी साधन  (कार, जीप, माइक्रोबस लगायत)   भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झन्डै ३ गुणा हो । अघिल्लो आव २०७९/८० मा ४ हजार ५० ओटा विद्युतीय सवारी साधन  भित्रिएका थिए । […]

राष्ट्रिय वाणिज्य बैंकबाट ७.७७५ ब्याजदरमा निजी गाडी कर्जा पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि “Festive Offer of Vehicle Loan” गाडी कर्जा योजना ल्याएको छ । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा […]

हुन्डाईको दशैं तिहार लक्षित फेष्टिभ डिलाइट २०८१ सार्वजनिक, नेपालमा बनेको भेन्यु जित्ने मौका

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई Made in […]

नेपालमा पहिलो पटक मोटरसाइकल मार्शलिङ तालिम आयोजना हुँदै

काठमाडौं । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको संयोजनमा हुने मार्सल […]

नाडा अटो शोमा केइ ले ३ ओटा मोडेल सार्वजनिक गर्ने, नाम बताउने पुरस्कार पाउने

काठमाडौं । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ। जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। क्याम्पेनमा सहभागी […]

सवारीको महाकुम्भ भदौ ११ गतेदेखि सुरु, विगतको भन्दा भव्य र प्रभावशाली हुने

काठमाडौं । सवारी साधनको महाकुम्भ नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म काठमाडौंको भुकृटी मण्डपमा आयोजना हुनेछ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ। यस वर्षको नाडा अटो शो विगतको भन्दा भव्य र प्रभावशाली हुने नाडाले अपेक्षा गरेको […]

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तनको हुने , प्रयोगकर्तालाई सम्पर्कमा आउन कम्पनीको आग्रह

काठमाडौं । आफ्ना ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ। सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ। यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका […]

हुन्डाईको ट्रेष्ट ड्राइभ एण्ड विन क्याम्पेन सुरु

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले  ‘हुन्डाई ट्रेष्ट ड्राइभ एण्ड विन’ ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु  टेस्ट ड्राइभ गर्न सक्नु हुनेछ। प्रत्येक टेस्ट ड्राइभमा […]

टाटा पञ्च ईभी नेपालमा, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । भारतीय कम्पनी टाटाको इलेक्ट्रिक कार ‘टाटा पञ्च’ ईभी नेपाल भित्रिएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा पञ्च ईभी’ नेपाल ल्याएको हो । भारतीय बजारमा २०२४ मा सार्वजनिक भएको टाटा पञ्च ईभी करिब ६ महिना पछि नेपालमा ल्याइएको हो। सर्ट रेञ्ज (एसआर) र लङ रेञ्ज (एलआर) गरी दुई भेरियन्टमा ल्याइएको टाटा […]

नयाँ हुन्डाई क्रेटा सार्वजनिक, मूल्य ५५ लाख ९६ हजार

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड […]