ईभी ब्याट्रीको दर्ता, ट्र्याकिङ र रिसाइक्लिङ प्रणाली बनाउन सरोकारवालाको जोड

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली बन्नुपर्नेमा सरोकारवालाहरु एकमत देखिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शुक्रबार आयोजना गरेको ‘Battery Recycle and Ethanol Blending in […]

नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित आकर्षण बढेपछि बिदाका दिनका लागि विशेष तयारी थालेको छ । दैनिक औसत २५ हजार र मेला अवधिभरमा डेढ लाख हाराहारी अवलोकनकर्ता आउने अपेक्षा गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले चौथो दिनसम्मको आगमनलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि विशेष तयारी […]

स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ नेपाली बजारमा

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नेपाली बजारमा सार्वजनिक भएको  छ। कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो। नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ। यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक […]

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६‘ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स‘ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा उनीहरुले यस्तो धारणा राखेका हुन् […]

स्मार्ट कनेक्टिभिटी सहितको सुजुकी एक्सेस १२५ सार्वजनिक

काठमाडौं ।सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ। कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो। नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ। यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक विभिन्न जानकारी प्राप्त […]

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् । तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको […]

हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जा प्रवाह, ८० प्रतिशत सवारीसाधनमा

काठमाडौं । नेपालका हायरपर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय हायरपर्चेज कम्पनीबाट प्रवाह हुने कर्जामध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदमा जाने गरेको हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बताएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु […]

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

काठमाडौं । चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (ईभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ । चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी […]

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको व्यापक सहभागिताले मेलास्थल भरिभराउ बनेको हो । मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार छानी–छानी बुक गरिरहेको पाइएको छ । एक्स्पोमा सहभागी […]

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

काठमाडौं । नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ (Punch.ev) काठमाडौँमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लन्च भएसँगै देशैभरका आधिकारिक शोरुमहरूबाट एकैपटक भव्यताका साथ सार्वजनिक गरिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूबाट एकसाथ सार्वजनिक गरिएको जनाएको छ। […]