नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको बहुप्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो’ को दोस्रो संस्करण मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। ५५ भन्दा बढी ब्रान्डहरूको सहभागिता रहेको यस मेलामा ५० भन्दा बढी नयाँ मोडलका सवारीसाधनहरू एकैसाथ सार्वजनिक गरिएका छन्। आगामी ३१ गतेसम्म चल्ने यस एक्स्पोमा दोपांग्रे, चारपांग्रे, विद्युतीय तथा व्यावसायिक सवारी साधनहरू गरी कुल ५२ वटा स्टलहरू राखिएका छन्। […]

