राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर : घर कर्जा ५.५१ र सवारी कर्जा ४.९० प्रतिशत ब्याजदरमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ। बैंकले चाडपर्व अफरअन्तर्गत घर कर्जा ५.५१ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। घरजग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि ग्राहकले अधिकतम २० वर्ष अवधिको ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। त्यस्तै, सवारी कर्जातर्फ […]

