नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक

काठमाडौं ।  नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त बस नेपाली बजारमा सार्वजनिक गरेको हो। ३१ सिट क्षमताको हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको […]

नाडा अटो शोमा टाटा सिरिया ईभी सार्वजनिक, पञ्च र नेक्सोन ईभीमा पनि विशेष छुट

काठमाडौं । भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्ना तीन विद्युतीय गाडीहरुलाई विशेष अफर र आधुनिक प्रविधिका साथ प्रदर्शनीमा राखेको छ। जसअन्तर्गत पहिलो मोडलका रुपमा ९० को दशकको एसयूभी टाटा सिरिया ईभी प्रस्तुत गरिएको छ। यसमा पछाडिको ठूलो ‘अल्पाइन’ काँचको झ्याल अल्पाइन विन्डो सिग्नेचर ग्लास र अगाडि-पछाडि […]

अटोमोबाइल क्षेत्रलाई राजस्वको माध्यम मात्र नबनाउन आग्रह, स्थिर कर नीति आवश्यक : नाडा अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर र दीर्घकालीन कर नीति लागू गर्नुपर्ने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नाडा अटो शो–२०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको कर नीतिमा स्थिरताको माग अब व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए। उनले […]

नेपालमै एसेम्बलिङ तथा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ उद्योग स्थापना गर्नु आवश्यक छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रले मुलुकको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आए पनि यस क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ अटो शो–२०२६ तथा संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। बजारमा माग बढ्न नसक्दा […]

‘नाडा अटो शो २०२६’ उद्घाटन सत्रमा के भने उपराष्ट्रपतिले ? (पूर्ण पाठ)

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमै सवारी साधन उत्पादन गरी अटोमोबाइल क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिएको यस वर्षको अटो शो व्यापारिक मेला वा प्रदर्शनीमा मात्र सीमित नभई नेपालको […]

‘नाडा अटो शो २०२६’ सुरु, २०० बढी स्टलमा नयाँ सवारी तथा प्रविधिको प्रदर्शनी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो २०२६’  सुरु भएको छ। मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच शोको उद्घाटन गरेसँगै अटो शो औपचारिक रूपमा सुरु भएको हो। नाडा अटो शो आगामी १४ भदौसम्म सञ्चालन हुनेछ। यस वर्ष नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको शोले ‘स्वर्ण उत्सव […]

१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आज (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजेदेखि हुनेछ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजे हुनेछ । यस पटकको […]

एलआरआर मोटर्सले नेपाल ल्यायो लक्जरी चिनियाँ ब्राण्ड ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो । कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सोमबार उत्पादक कम्पनी […]

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’ : टर्बो इन्जिनदेखि ५–स्टार सुरक्षासम्म,नाडा अटो शोमा देख्न पाइने

काठमाडौं ।  नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सुजुकी नेपालले ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखेर तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र ६-स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो। न्यू लुकसँगै बलियो इन्जिन र सुरक्षाका अन्य आयामले भरपर्दो रहेको कम्पनीको भनाइ छ। न्यू ब्रेजा भदौ ९ देखि १४ गतेसम्म […]

भोलि बिहान ९ बजेदेखि १८औँ  संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी १८औँ  संस्करणको ‘नाडा अटो शो २०२६’ मंगलबार देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। १८औँ  संस्करणको ‘नाडा अटो शो २०२६’ प्रदर्शनीको औपचारिक उद्घाटन मंगलबार बिहान ९ बजेदेखि हुनेछ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीको औपचारिक उद्घाटन भोलि बिहान ९ बजे हुनेछ। यस पटकको नाडा अटो शोको उद्घाटन […]